कोरियामा नेपाली श्रमिकको दुर्घटनामा मृत्यु

कोरियामा नेपाली श्रमिकको दुर्घटनामा मृत्यु
सुन्नुहोस्

दक्षिण कोरिया : कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ  । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । 
३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए ।  फर्ममा आवश्यक सामग्री ओसारपसारका लागि प्रयोग हुने सानो सवारी साधन लिएर उनी बजार गएको र  बजारबाट फर्किने क्रममा सोही सवारी दुर्घटनामा परी थापाको ज्यान गएको  हो । दुर्घटना शुक्रबार भएको भएता पनि हालसालै मात्र जानकारी दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।  मृतक थापाको शव नेपाल पठाउनको लागि नेपाली राजदूतावासले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको द्धितीय सचिव जेनिम अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.