कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु

कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
सुन्नुहोस्

दक्षिण कोरिया : दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।

 करिब १५ वर्षदेखि कोरियामा कार्यरत राईको जेठ ३१ गते दुर्घटनामा परी मृत्यु भएको थियो । उनी इ–७ भिसामा कोरियाको  थाङजिन क्षेत्रमा कार्यरत थिए । उनको शव कार्यस्थल नजिकैको नहरमा फेला परेको हो । साँझपख साइकल चलाउने क्रममा साइकल नहरमा खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । 

त्यस्तै कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुङ गाउँपालिका–७ निवासी २९ वर्षीय गणेश थापाले जेठ १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । तीन वर्षअघि रोजगारीका लागि कोरिया आएका उनी कृषि क्षेत्र अन्तर्गत गाई फार्ममा कार्यरत थिए । फार्मका लागि आवश्यक सामग्री ल्याउन प्रयोग हुने सवारी साधन लिएर बजार गएको र फर्किने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो । मृतक राई र थापाको शव नेपाल पठाइसकिएको राजदूतावासले जनाएको छ ।

त्यस्तै, कोरियाको ख्योङ्साङनाम प्रान्तस्थित सानचोङ क्षेत्रमा मृत अवस्थामा भेटिएका अधिकारीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको भएता पनि उनको मृत्युको कारण पुष्टि हुन भने बाँकी छ । करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका उनको घटनाबारे थप अनुसन्धान भइरहेको र शव पठाउने प्रक्रिया सम्बन्धित निकायमार्फत् अघि बढिरहेको छ । राजदूतावासले यहाँ रहेका नेपालीहरुलाई आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेत रहन र केही समस्या भएमा तुरुन्तै राजदूतावास वा सरोकारवालाहरुसँग सम्पर्क गरेर समस्या समाधान गर्न आग्रह समेत गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.