प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन

प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन
सुन्नुहोस्

भारत : पुणेको सिया गोयल हत्या प्रकरणको अनुसन्धान अझै पूरा नभएको अवस्थामा आन्ध्र प्रदेशबाट पनि यस्तै प्रकृतिको अर्को हत्याकाण्ड बाहिरिएको छ । यहाँकी एक महिलाले आफ्ना प्रेमीसँग मिलेर आफ्नै छोरीकै अगाडि श्रीमानको हत्या गराएको आरोप लागेको छ । प्रहरीका अनुसार महिला र युवकबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

घटनामा संलग्न महिला तथा अन्य सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । आन्ध्र प्रदेशको चित्तुर जिल्लाको शान्तिपुरमकी १९ वर्षीया हासिनीमाथि २३ वर्षीय श्रीमान रमेशको हत्या गराएको आरोप लागेको छ । उनीहरूको करिब दुई वर्षअघि विवाह भएको थियो र एक सानी छोरी पनि छिन् । रमेश एक निजी कम्पनीमा कार्यरत थिए ।

विवाहपछि पनि प्रेम सम्बन्ध जारी

भारतीय सञ्चारमाध्यमका अनुसार हासिनी र २० वर्षीय युगान्धरबीच विवाहअघि नै मित्रता थियो, जुन विवाहपछि पनि प्रेम सम्बन्धमा परिणत हुँदै निरन्तर रह्यो । यही सम्बन्धका कारण दुवैले रमेशको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । प्रहरीले सीसीटीभी फुटेज, मोबाइल फोनको प्राविधिक विवरण र अन्य डिजिटल प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

लगातार लाइभ लोकेसन पठाउँदै थिइन्
प्रहरीका अनुसार हासिनीले मंगलबार श्रीमान रमेशलाई गुडुपल्ले मण्डलस्थित श्री मल्लेश्वर स्वामी मन्दिर दर्शन गर्न जान आग्रह गरेकी थिइन् । उनीहरू आफ्नी सानी छोरीसहित मोटरसाइकलमा मन्दिरतर्फ गइरहेका थिए । यात्राका क्रममा हासिनीले प्रेमी युगान्धरलाई निरन्तर आफ्नो लाइभ लोकेसन पठाइरहेकी थिइन्, जसका कारण हमलाकारीहरूले उनीहरूको गतिविधि सजिलै पछ्याउन सकेको प्रहरीको दाबी छ ।

पर्स खसालेर दिइन् संकेत
अनुसन्धानका क्रममा हासिनीले जानाजानी आफ्नो पर्स बाटोमा खसालेको आशंका गरिएको छ । पर्स उठाउन रमेशले गाडी रोक्ना साथ त्यो हमलाको संकेत बनेको बताइएको छ । त्यसपछि युगान्धर र उनका केही साथी लुकेर बसेको स्थानबाट बाहिर निस्किए । उनीहरूले रमेशलाई करिब १०० मिटरसम्म लखेटेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना हुँदा दम्पतीकी सानी छोरी पनि नजिकै रहेको बताइएको छ।

सीसीटीभी र फोन विवरणबाट खुल्यो रहस्य
मन्दिर जाने बाटोका सीसीटीभी फुटेजमा रमेश आफ्नी श्रीमतीसँग मन्दिरतर्फ गएको देखिएको थियो । तर केही समयपछि हासिनी रमेशकै सवारी साधनमा दुई जना पुरुषसँग फर्किरहेको दृश्य देखिएपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि फोन रेकर्ड, लोकेसन डेटा तथा अन्य प्रमाणको विश्लेषण गर्दा रमेशको शव फेला परेको प्रहरीले जनाएको छ । 

आमाको उजुरीपछि अनुसन्धान
हासिनीकी आमाले छोरी र नातिनी लामो समयदेखि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । त्यसक्रममा अनुसन्धान अघि बढ्दै जाँदा हत्या प्रकरणको खुलासा भएको हो ।

सिया गोयल प्रकरणसँग मिल्दोजुल्दो घटना
यस घटनालाई हाल चर्चामा रहेको पुणेको सिया गोयल हत्या प्रकरणसँग तुलना गरिएको छ । उक्त घटनामा २० वर्षीया सिया गोयलले आफ्ना २२ वर्षीय प्रेमी चेतन चौधरीसँग मिलेर हुनेवाता पति केतन अग्रवालको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार उनीहरूले जुन १८ मा लोनावलास्थित लोहागढ किल्लामा घुम्न गएको बेला केतनलाई उचाइबाट धकेलेर हत्या गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.