ठूलो संकटमा थलपति विजय, सरकार बनेको दुई महिनामै किन परे विवादमा ?

ठूलो संकटमा थलपति विजय, सरकार बनेको दुई महिनामै किन परे विवादमा ?

भारत : भारत तमिलनाडुमा गत मे महिनामा भएको चुनाव जितेर थलपति विजयले राजनीतिमा दमदार प्रवेश गरेका थिए । तर सरकार गठन भएको दुई महिनामै उनको नेतृत्वको टीभीके सरकार गम्भीर विवादमा परेको छ । यसको कारण हालै राज्यमा भएको एउटा सनसनीपूर्ण घटना हो । तमिलनाडुको नागरकोइलस्थित एक जेलमा एक अपाङ्ग कैदीको न्यायिक हिरासतमा मृत्यु भएपछि राज्यभर राजनीतिक हलचल मच्चिएको छ । विपक्षी दलहरूले यस घटनालाई लिएर विजय सरकारमाथि कडा आलोचना गरेका छन् ।

नागरकोइलको एथनकाडु निवासी ३५ वर्षीय अपाङ्ग एस. सबरी वर्मनलाई जुलाई ९ मा थेंथमराईकुलम प्रहरीले प्रतिबन्धित गुट्खा बिक्री गरेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनको पसलबाट करिब २०० ग्राम प्रतिबन्धित सुर्तीजन्य पदार्थ बरामद गरिएको थियो । सुरुमा उनको मृत्युलाई सामान्य रूपमा देखाउने प्रयास गरिएको बताइए पनि पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि घटना नयाँ मोडमा पुगेको छ । रिपोर्टमा मृतकको शरीरमा कुहिनो, घुँडा, हात र खुट्टासहित १९ वटा स्थानमा चोटपटकका निशान भेटिएका छन् ।

जानकारीअनुसार जुलाई १३ को मध्यरातमा सबरी वर्मन र सोही ब्यारेकका अन्य कैदीबीच झगडा भएको थियो । त्यसपछि झगडा छुट्याउन पुगेका जेल कर्मचारीहरूले समेत उनलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ, जसका कारण उनको मृत्यु भएको बताइएको छ । विवाद बढेपछि प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा एक जना मुख्य वार्डनसहित तीन जेल कर्मचारीलाई निलम्बन गरी पक्राउ गरेको छ । साथै, घटनामा संलग्न रहेको आरोपमा आठ जना कैदीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

‘सरकार तमाशा मात्र हेरिरहेको छ’
यस घटनापछि तमिलनाडुमा राजनीतिक आक्रोश बढेको छ । डीएमके सांसद कनिमोझीले पीडित परिवारसँग भेट गरी समवेदना व्यक्त गर्दै प्रहरी र प्रशासनको भूमिकामाथि प्रश्न उठाएकी छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हिरासतमा भएको यस मृत्युको तीन दिन बितिसक्दा पनि मुख्यमन्त्री सी. जोसेफ विजयले कुनै स्पष्टीकरण वा प्रतिक्रिया दिएका छैनन् । सरकारका कुनै मन्त्री पीडित परिवारलाई भेट्न पुगेका छैनन् । पीडित परिवारलाई राहत दिने कुनै पहल समेत गरिएको छैन । सधैंझैँ टीभीके सरकार जिम्मेवारी लिनुको सट्टा तमाशा मात्र हेरिरहेको छ ।’

सीबीआई अनुसन्धानको माग
यता, भाजपा तमिलनाडुका प्रदेश अध्यक्ष नैनार नागेन्द्रनले यस घटनालाई अत्यन्तै भयावह भन्दै राज्यको कानून–व्यवस्था कमजोर भएको आरोप लगाए । उनले मुख्यमन्त्रीसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् । त्यस्तै, पीएमके नेता डा. अन्बुमणि रामदासले घटनाको निष्पक्ष छानबिनका लागि सीबीआईबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.