काठमाडौं : फिफा विश्व कप २०२६ को दोस्रो सेमीफाइनल खेलमा इङ्ल्यान्डलाई लाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो २४ वर्षपछि विश्वकपको मैदानमा फर्किएको राइभलरीले पहिलो हाफ ततायो। तर गोल भने निस्किन सकेको थिएन। दोस्रो हाफमा इङ्ल्यान्डले गोल गर्यो । खेलको ५५ औं मिनेटमा एन्थोनी गोर्डनले निकै राम्रो फिनिस गरे। मोर्गन रोजर्सको क्रसमा गोर्डनले उत्कृष्ट गोल गरे।
खेलको ८५औं मिनेटमा आएर अर्जेन्टिनाले बराबरी गोल फर्कायो। अर्जेन्टिनाको लागि एन्जो मार्टिनेजले लियोनल मेस्सीको उत्कृष्ट पासमा फर्नान्डेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलकुद निर्धारित ९० मिनेट बराबरीमा रहेको थियो। निर्धारित ९० मिनेटमा ९ मिनेटको इन्जुरी समय थप गरियो।
इन्जुरी समयको दोस्रो मिनेटमा लौटारो मार्टिनेजले उत्कृष्ट हेडर गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा ल्याए र यही गोल नै निर्णायक भयो। लियोनल मेस्सीको दायाँ तर्फबाट दिएको क्रसलाई उनले हेडर मार्फत गोल गरेका थिए।
सन् १९७८ १९८६ र २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले चौथो उपाधिको लागि दाबेदारी दिनेछ।सन् २०२२ को उपाधि विजेताले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो।
अर्जेन्टिनाले उपाधि रक्षाको लागि फाइनलमा स्पेनसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !