कोठाभरि रगत : आठ वर्षीय छोरा छटपटाइरहेका थिए, श्रीमतीले नै गरिन् श्रीमानको हत्या ?

कोठाभरि रगत : आठ वर्षीय छोरा छटपटाइरहेका थिए, श्रीमतीले नै गरिन् श्रीमानको हत्या ?
सुन्नुहोस्

भारत : भारत कर्नाटकको धारवाडबाट अत्यन्तै हृदयविदारक र स्तब्ध पार्ने घटना बाहिरिएको छ । यहाँ ४५ वर्षीय एक चिकित्सक आफ्नै अपार्टमेन्टमा धारिलो हतियार चक्कु प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा भेटिएका छन् । उनका आठ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । यस घटनामा प्रहरीले मृतककी श्रीमतीलाई मुख्य शंकास्पद व्यक्तिका रुपमा नियन्त्रणमा लिएको छ । उनी पनि पेशाले चिकित्सक (नेत्र रोग विशेषज्ञ) हुन् ।

के हो घटना ?
इन्डियन एक्सप्रेसका अनुसार यो घटना धारवाडको पवन हाई स्कुल अगाडि रहेको रंका अपार्टमेन्टमा भएको हो । मृतकको पहिचान डा. किरण होन्नानवरका रूपमा भएको छ । उनी एक निजी अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस बनाउने विशेषज्ञ चिकित्सक) का रूपमा कार्यरत थिए ।

बुधबार प्रहरीले अपार्टमेन्टको छैटौँ तलास्थित फ्ल्याटमा प्रवेश गर्दा डा. किरणको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो ।

उनको शरीरमा चक्कुका धेरै गहिरा घाउ थिए । अर्को कोठामा उनका ८ वर्षीय अटिजम भएका छोरा पनि गम्भीर घाइते अवस्थामा भेटिएका थिए । बालकको शरीरमा पनि चक्कुका धेरै चोट थिए र उनी जीवितै थिए । उनलाई तत्काल निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।

श्रीमानको शव नजिकै मोबाइल चलाउँदै थिइन् श्रीमती
यस घटनाको सबैभन्दा चकित पार्ने पक्ष भनेको मृतककी श्रीमती डा. प्रियंका कटनाहल्लीको व्यवहार हो । प्रहरीका अनुसार घटनास्थलमा पुग्दा एकातिर श्रीमानको शव रगतमा लतपतिएको थियो, छोरा जीवन–मृत्युको संघर्ष गरिरहेका थिए, तर श्रीमती भने अर्को कोठामा बसेर मोबाइल चलाइरहेकी थिइन् । प्रहरीले फ्ल्याटमा बाहिरबाट जबरजस्ती प्रवेश गरेको कुनै संकेत फेला पारेको छैन । डा. प्रियंका पेशाले नेत्र रोग विशेषज्ञ हुन् ।

अनुसन्धानको प्रारम्भिक तथ्यमा के खुल्यो ?
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्या मंगलबार साँझ नै भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार मंगलबार साँझदेखि डा. प्रियंकाले आफ्ना श्रीमानको मोबाइल उठाइरहेकी थिइन् । कसैले फोन गर्दा उनले हरेक पटक फरक–फरक र मनगढन्ते कथा सुनाउने गरेकी थिइन् । यसले हत्या अघिल्लो दिन नै भएको हुन सक्ने आशंका बलियो बनाएको छ ।

बारम्बार फेरिँदै बयान
हुबली–धारवाडका प्रहरी आयुक्त एन शशिकुमारले घटनास्थल निरीक्षणपछि डा. प्रियंका गहिरो मानसिक तनाव वा असामान्य मानसिक अवस्थामा देखिएको बताए । उनले प्रहरीका प्रश्नहरूको स्पष्ट उत्तर नदिएको र पटक–पटक आफ्नो बयान परिवर्तन गरिरहेको जानकारी दिए । मृतक डा. किरणका परिवारले दिएको उजुरीका आधारमा यस हत्याको पछाडि कुनै गम्भीर घरेलु वा पारिवारिक विवाद हुन सक्ने प्रहरीको आशंका छ।

हाल प्रहरीले डा. प्रियंकालाई नियन्त्रणमा लिएर हत्यासम्बन्धी मुद्दा दर्ता गरेको छ । प्रहरीले सीसीटीभी फुटेज, फरेन्सिक प्रमाण र स्थानीय बासिन्दाको बयानका आधारमा घटनाको वास्तविक कारण र समयक्रम पत्ता लगाउने प्रयास गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्यु भएको वास्तविक समय स्पष्ट हुने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.