अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको आन्दोलन रोकियो

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको आन्दोलन रोकियो
सुन्नुहोस्

 काठमाडौं : सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच वार्ता भएको छ। सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने कार्य तत्कालका लागि रोक्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको छ।

आन्दोलनरत कर्मचारीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी आन्दोलनरत पक्षका संयोजक श्याम सापकोटाले जानकारी दिएका छन्। 

उनका अनुसार सरकारले हाललाई करार, ज्यालादारी कर्मचारी नहटाउने मौखिक प्रतिबद्धता जनाएको छ। वार्तामा आन्दोलनरत कर्मचारी ६ प्रतिनिधि तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार सुदीप ढकाल र सहसचिव हेमराज अर्याल सहभागी दिए। 

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकारसँग भएको छलफलपछि सरकारले आउटसोर्समार्फत कर्मचारी व्यवस्थापन गर्ने निर्णय लागू नगर्ने मौखिक प्रतिबद्धता उनले जानकारी दिए। उनीहरूले साउन १ गतेदेखि रोजीरोटी गुम्ने अवस्था तत्काल नरहेको र बिहीबारसम्म लिखित सहमति आउने विश्वास व्यक्त गरेका छन्। 

आन्दोलनरत कर्मचारीलाई मौखिक सहमतिले मात्र नपुग्ने भन्दै लिखित प्रतिबद्धता आवश्यक रहेको बताए। त्यसपछि मुख्यसचिवसँग बसेर बिहीबार साँझसम्म लिखित सहमति तयार पार्ने जानकारी दिइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.