सरकारी नियमावलीका प्रावधानविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित

सरकारी नियमावलीका प्रावधानविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित

काठमाडौं : शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीका केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीमा उल्लेख केहि प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलन अन्तर्गत बिहीबार कालोपट्टी बाँधेर नियमित काम गर्ने र साउन १ गते बिहान ११ बजेदेखि साढे ११ बजेसम्म काठमाडौँका विभिन्न स्थानहरूमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन गरिने संघर्ष समितिका संयोजक दिपक गुरुङले जानकारी दिए ।

सरकारले आफूहरुको मागप्रति गम्भीरता नदेखाए अनिश्चितकालीन आन्दोलनमा जाने उनले बताए । उनले नियमावलीमा अनुमति पत्रको नवीकरण वर्षैपिच्छे गर्नुपर्ने व्यवस्था रहेकोमा आपत्ति जनाउँदै यसलाई खारेज गरी कम्तीमा ५ वर्षको बनाउनु पर्ने माग गरे ।

शैक्षिक मेला वा सेमिनार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र कार्यालय परिसरभित्र गरिने कार्यक्रमका लागि समेत अनुमति लिनुपर्ने व्यवस्था अव्यवहारिक रहेको उनको भनाइ छ । संघर्ष समितिले आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता प्रमाणपत्र बुझाइसकेपछि पुनः दोहोरो विवरण पेस गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने समेत माग गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.