६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिनसहित ६ जना पक्राउ

६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिनसहित ६ जना पक्राउ
सुन्नुहोस्

रुपन्देही :बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण),कपिलवस्तु बाणगंगा नगरपालिका- १ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

घर तथा कोठा खानतलासीका क्रममा १ हजार दरका ६२२ थान ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन र ६ थान मोबाइल बरामद भएको छ। 

उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.