टिपरले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु

टिपरले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको बिर्तामोडमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिर्तामोड–३ की ७० वर्षीया लिलामाया बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनलाई मंगलबार साँझ ६ः३५  बजेको समयमा  बिर्तामोड–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घाइते बुढाथोकीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय बिर्तामोडले टिपर र चालक कचनकवल गाउँपालिका–५ का २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.