२२ करोड ठगी मुद्दामा नवलपरासीका शैलेन्द्र गुप्ता प्रहरी हिरासतमा

२२ करोड ठगी मुद्दामा नवलपरासीका शैलेन्द्र गुप्ता प्रहरी हिरासतमा

परासी : उखु किसानलाई २२ करोड बढी भुक्तानी नगरी ठगी गरेको आरोपमा नवलपरासी रामग्राम नगरपालिका–२ परासीका शैलेन्द्र गुप्तालाई सर्लाही प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । गुप्ता सर्लाही धनकौल गाउँपालिका– २ मा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्र्जि प्रालिका सञ्चालक हुन् ।

उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नदिएको भन्दै गुप्तासहितका सञ्चालकविरुद्ध सर्लाही प्रहरी कार्यालयमा ‘ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर’ मा किसानहरुले जाहेरी दिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । उद्योग सञ्चालक शैलेन्द्र नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताका दाजु हुन् । उक्त उद्योग शैलेन्द्र र सांसद नरेन्द्रकी श्रीमती सीमा गुप्ताको नाममा छ । शैलेन्द्रसँगै सीमा गुप्तालाई समेत पक्राउ पुर्जी जारी गरेको बताइएको छ । सीमा गुप्ता भने अहिलेसम्म पक्राउ परेकी छैनन् ।  

उक्त मुद्दामा उद्योगको शेयरधनी भएको आधारमा नवलपरासीमा इँट्टा उद्योग सञ्चालन गर्दै आएका विनोद साह कलवार समेत पक्राउ परेका थिए । तर तीन वर्षअघि नै आफूले उद्योगको शेयर सीमा गुप्तालाई बिक्री गरिसकेको प्रमाण प्रस्तुत गरेपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । 

स्रोतका अनुसार सांसद नरेन्द्रकुमार पनि उद्योगका शेयरधनी रहेको र केही महिना अघि मात्र आफ्नो शेयर श्रीमती सीमाको नाममा नामसारी गरिएको बताइएको छ । सीमा गुप्ताको नागरिकतामा स्थायी ठेगाना रुपन्देही सिद्धार्थनगर नगरपालिका–१२ रहेको छ । नवलपरासी प्रहरी स्रोतकाअनुसार उनलाई पक्राउ गर्न रुपन्देही प्रहरीमा पत्राचार भएको छ ।

तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले सर्लाहीबाट रुपन्देहीको समरीमाई गाउँपालिकाका अर्जुन गुप्ता र मिलन गुप्ताको नाममा पक्राउ पुर्जी आएको भए पनि सीमाको नाममा अहिलेसम्म नआएको बताए । ‘रुपन्देहीका अन्य दुई जना बाहेक सीमा गुप्ताको नाममा अहिलेसम्म आएको छैन । पछि आए सोही बमोजिम हुन्छ’, डीएसपी चन्दले भने ।  यद्यपि सर्लाहीका एक सुरक्षा अधिकृतका अनुसार सीमाको नाउँमा पनि पक्राउ पुर्जी जारी भएको बताउँदै सांसदकी श्रीमती भएकाले दबाबका कारण प्रहरीले खुलेर त्यसबारे भन्न नचाहेको दाबी गरे । 

यस मुद्दामा हालसम्म कति जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्ने प्रश्नमा  जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी गौतमले धेरै किसानबाट जाहेरी परिरहेकाले कति जनालाई पक्राउ पुर्जी जारी भएको भन्ने पनि सबै मिसिल अध्ययन गर्न समय लाग्ने भएकाले यसै भन्न नसकिने बताए ।

‘अहिलेसम्म तीन करोड बिगो बराबरको जाहेरी आएको छ । अन्य धैरेले दिने क्रम जारी छ । पक्राउ परेका विनोद साह छुटिसकेको र शैलेन्द्र गुप्तालाई म्याद थप गरेर अनुसन्धानका लागि थुनामा राखिएको छ’, डएिसपी गौतमले भने । ठगीसम्बन्धी मुद्दा परेपछि गठन भएको समितिले २२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको प्रतिवेदन बुझाएको र त्यसबारे अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.