एआई प्रविधि होसियारीपूर्वक चलाउनुपर्छ : केयूका संस्थापक उपकूलपति शर्मा

एआई प्रविधि होसियारीपूर्वक चलाउनुपर्छ : केयूका संस्थापक उपकूलपति शर्मा
सुन्नुहोस्

काठमाडौं : काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा.सुरेशराज शर्माले एआई प्रविधि होसियारीपूर्वक चलाउनुपर्ने बताएका छन्। अन्नपूर्ण मिडियाको सुपर एप सम्पूर्ण लन्च कार्यक्रममा बोल्दै उनले एआईजस्ता पछिल्लो प्रविधि सचेत भएर चलाउनुपर्ने बताएका हुन्।

'एआईको जमाना आएको छ। नयाँ प्रविधि राम्रो चाहिँ हो। तर,सचेत भएन भने नराम्रो पनि हुनसक्छ। एकदमै होसियारी भएर प्रयोग गर्नुपर्छ,' उनले भने।

उनले आफूहरूको जमानामा यस्ता प्रविधि नरहेको स्मरण गर्दै नयाँ पुस्ताले नयाँ नयाँ प्रविधिको प्रयोग होसियारीपूर्वक चलाउनुपर्ने बताए।

उनले अन्नपूर्णले २५ वर्षको उमेर तय गरे पनि आगामी आगामी २५ वर्ष पनि सफलता होस् भन्ने शुभकामना दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.