जीडब्ल्युएम ओआरए–५ ले लण्डन डिजाइन अवार्ड्स–२०२५ मा जित्यो ‘डिजाइन अफ द इयर’

जीडब्ल्युएम ओआरए–५ ले लण्डन डिजाइन अवार्ड्स–२०२५ मा जित्यो ‘डिजाइन अफ द इयर’

काठमाडौं : नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्ल्युएमको नयाँ विद्युतीय एसयूभी ओआरए–५ ले अटोमोबाइल बजारमा व्यापक चर्चा बटुलिरहेको छ । यसैबीच, यो मोडेलले अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो सफलता हासिल गर्दै प्रतिष्ठित लण्डन डिजाइन अवाड्र्स–२०२५ अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स-भेहिकल्स’ विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ ।

यस उपलब्धिले ओआरए–५ को आकर्षक डिजाइन मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच र स्मार्ट मोबिलिटीप्रतिको कम्पनीको दृष्टिकोणलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गरेको छ ।

‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’

‘नेचुरल एस्थेटिक्स’ अवधारणामा आधारित ओआरए–५ ले प्रकृतिबाट प्रेरित बाह्य डिजाइन प्रस्तुत गर्दछ । यसको बायोमिमेटिक संरचना, पानीको थोपा शैलीका लिड हेडलाइट, प्रवाहित रेखाहरू तथा एकीकृत टेललाइटले आधुनिकता र सौन्दर्यको उत्कृष्ट संयोजन देखाउँछ । भित्री भागमा स्मार्ट ककपिट, उन्नत ड्राइभिङ प्रणाली, प्रिमियम इन्टेरियर र प्रयोगकर्ता–मैत्री डिजाइनले सवारी अनुभवलाई अझ सहज र सुरक्षित बनाएको छ ।

अत्याधुनिक प्रविधि र सुरक्षा सुविधा
ओआरए–५ मा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ लगायतका विशेषताहरू छन् । सुरक्षाका लागि ७ एयरब्याग, उच्च–सबल स्टिल बडी स्ट्रक्चर, र अन्तर्राष्ट्रिय ५–स्टार सुरक्षा मूल्याङ्कन प्रणाली समावेश गरिएको छ । साथै २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्ट सिस्टमले ड्राइभिङलाई थप सुरक्षित बनाएको छ ।

ड्राइभिङ दायरा र प्रदर्शन
यो विद्युतीय एसयूभीले एक पटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटर सम्मको दायरा प्रदान गर्छ । यसको प्रारम्भिक मूल्य नेपाली बजारमा करिब रु. ४६ लाख ९९ हजार बाट सुरु हुन्छ ।

नेपालमा बढ्दो आकर्षण
नेपालमा सार्वजनिक भएको छोटो समयमै ओआरए–५ ले डिजाइन, प्रविधि र सुरक्षाका कारण ग्राहक तथा अटोमोबाइल पारखीहरूबीच सकारात्मक प्रतिक्रिया पाएको छ । यसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा र उत्साह थपेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.