मोबाइलमा स्क्यामंकको म्यासेज, किन रोक्न सक्दैन टेलिकम ?

फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैंक खाता !

फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैंक खाता !
सुन्नुहोस्

काठमाडौं  : कीर्तिपुर बस्ने आचार्य थरका एक युवकलाई फुटबल औधी मन पर्छ। विश्वकप सुरु भएयता कहाँबाट हेर्ने भन्ने चिन्तामा उनको मोबाइलमा एउटा म्यासेज आयो। जहाँ भनिएको थियो, फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ ? तलको लिंक क्लिक गर्नुहोस्।

लिंक क्लिक गर्दै, आफ्नो विवरण भर्दै गए, केहीबेरमा उनको मोबाइल ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म उनको मोबाइलमा भएको मोबाइल बैंकिङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उनी यतिखेर साइबर ब्युरो धाइरहेका छन्। 
ooo

मोबाइलमा आएको फिसिङ लिंक क्लिक गर्दा एक युवकले २५ लाख बढी रुपैयाँ गुमाएका छन्। साइबर ब्युरोमा दर्ता भएको उजुरीअनुसार खनाल थरका ती युवकले मोबाइलमा द अलर्ट नामबाट आएको लिंक खोलेर बैंकको विवरण भरेका थिए। जिल्ला अदालत काठमाडौंमा दर्ता भएको यो अभियोगपत्रअनुसार, मोबाइलमा आएको लिंकमा बंैक विवरण भरेर सुतेका ती युवकको खाताबाट २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भएको थियो। 

द अलर्ट नामबाट आएको म्यासेजमा भनिएको थियो, तपाईंको कनेक्ट आईपीएसको लिंक शंकास्पद देखिएको छ। भेरिफाई गर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्। बैंकबाट आएको म्यासेज होला ठानेर उनले क्लिक गरे। ह्याकरहरूले बनाएको यो फिसिङ लिंक थियो। 
ooo

भक्तपुरका एक युवालाई ९७४४९४४२९८ नम्बरबाट लिंकसहित मोबाइलमा म्यासेज आयो। भनिएको थियो, तपाईंको ईसेवा एप खतरामा छ। भेरिफाई गर्नको लागि निम्न लिंक क्लिक गर्नुहोस्।

ooo

विश्वकप चलिरहेको छ। विभिन्न देशको टिमका सपोर्टरहरू रातारात भर जाग्राम बसेरै पनि खेल हेरिरहेका छन्। यही खेलप्रेमीहरू भने विभिन्न ठगीको निशानामा परिरहेका छन्। फ्रीमा विश्वकप हेर्न खोजिरहेका उनीहरूको मोबाइल तथा सामाजिक सञ्जालहरूमा विभिन्न स्क्याम तथा फिसिङ लिंकहरू आउने र यी लिंकले मोबाइल एपसम्म एक्सेस पु¥याएर ठगी गरिरहेका छन्। 

ब्युरोले दिएको जानकारी यता विश्वकप सुरु भएयता साइबर ब्युरोमा १०० बढी उजुरी दर्ता भएको छ। ती उजुरीहरू फ्रीमा वल्र्डकप हेर्ने प्रलोभनमा पर्दा बंैक खाता रित्तिने र कनेक्ट आईपीएस एप ह्याक हुने समस्या बढिरहेको छ। साइबर ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीले गत जेठ ६ गतेयता साइबर ब्युरोमा आएको उजुरीमा २ करोड ६८ लाख बढी रकम ठगी भएको निवेदन परेको छ।
साइबर ब्युरोले सोमबार एक सार्वजनिक सूचना जारी गरेको छ। जहाँ सामाजिक सञ्जाल तथा मोबाइल फोनमा विश्वकप २०२६ हेर्न सकिने भन्दै विभिन्न एप इनइस्टल गर्न लगाई विभिन्न विवरण भर्न लगाउने, अनुमति माग्ने तथा एलो बटम थिच्न लगाएर बैंकिङ एप ह्याक गर्ने प्रवृत्ति बढिरहेको बताइएको छ। 

सूचनाअनुसार, एपीके, इएक्सई, बीएटी, एसएलगायतका एप तथा लिंकहरूबाट नेपालीहरू ठगीमा परेका छन्। ब्युरोका प्रवक्ता दिलीपकुमार गिरी भन्छन्, यस्ता लिंक क्लिक गर्दा, एप डाउनलोड गरेर विवरण भर्दा एक सेकेन्डमै लाखौं रुपैयाँ गुमिरहेको छ। अहिलेसम्म १०० जनाभन्दा बढीले २ करोड ६८ लाख बढी रकम गुमाएको उजुरी परेको छ। यसको छानबिन भइरहेको छ। ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छैनन्। 

यसैबीचमा नेपाल टेलिकमले आइतबार एक सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध छ। सूचनाअनुसार टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएसलगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाइने गतिविधि भएकाले सचेत हुन 
अनुरोध छ। 

यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ। टेलिकमले ग्राहकहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको छ। कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न टेलिकमको अनुरोध छ। अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, बंैकका प्राइभेट कोडहरू, पिन तथा गोप्य विवरण साझा नगर्न टेलिकमले सूचना जारी गरेको हो। 

टेलिकमले विभिन्न भेन्डर तथा एसएमएस सेवा प्रदायक संस्थालाई दिएको सुविधाको दुरुपयोग हुँदा यस्ता सूचना वा गलत म्यासेज व्यक्तिको मोबाइलमा पुग्छन्। टेलिकमका प्रवक्ता कमल लामिछानेले व्यक्ति तथा संस्थाले पठाउने व्यक्तिगत म्यासेज हेर्ने अधिकार टेलिकमलाई नभएको बताउँछन्। उनी भन्छन्, ‘केही समयदेखि फिसिङ लिंक र स्क्याम लिंक पनि मोबाइलको म्यासेजमा गइरहेको, लाखौं ठगी भएको सूचना र उजुरीपश्चात केही समयलाई ब्लक र गु्रप म्यासेज सेवा बन्द गरिएको छ। टेलिकमले आन्तरिक रूपमा यसको छानबिन गरिरहेको छ। यसको रिपोर्ट आएपछि अन्य निर्णयहरू गरिन्छ। 

मोबाइलको इनबक्समा कसरी आउँछ यस्ता म्यासेज ? 

कहिले एमडी अर्लट, कहिले डिजी अर्लट, कहिले इएस अर्लट, द अलर्ट, सीजी अलर्ट तथा विभिन्न अलर्टको नाममा मोबाइलमा यस्ता म्यासेज निरन्तर आइरहेका छन्। यी म्यासेजहरू नागरिकहरूलाई चाहिएकै छैनन्। नागरिकले बोकिरहेको मोबाइल फोनमा अनावश्यक म्यासेज ठेल्नु सरकारको कमजोरी हो। राज्यका महत्वपूर्ण सूचना र जानकारी पठाउनु सामान्य नै हो तर अन्य व्यावसायिक प्रचार र प्रयोजनका लागि नागरिकको व्यक्तिगत फोन नम्बर दुरुपयोग गरिनु गलत हो भन्ने आवाज उठेको छ। 

टेलिकमका सहायक प्रवक्ता प्रकाशचन्द्र सिग्देल अनावश्यक म्यासेज व्यक्तिको मोबाइलमा जानुमा टेलिकमको कमजोरी नरहेको दाबी गर्छन्। ‘टेलिकमले यो आर्थिक वर्षमा ४५ वटा ‘भेन्डर’ सेवा प्रदायक संस्थालाई म्यासेज, भिडियो म्यासेज, कल, डेटालगायत सेवा उपलव्ध गराउन पाउने भन्दै स्वीकृति दिएको थियो,’ उनले भने। टेलिकम र सेवाप्रदायक संस्थासँगको सम्झौतामा कस्ता म्यासेज पठाउन पाउने, कस्ता नपठाउने ? भन्ने विषयमा कुनै व्यवस्था नभएको उनले जानकारी दिए। 

प्रवक्ता लामिछानेले मोबाइलमा पठाइने म्यासेजको कन्टेन्ट फिल्टरसम्बन्धी अहिलेसम्म स्पष्ट मापदण्ड नभएकाले समस्या परेको बताए। उनी भन्छन्, म्यासेज आदानप्रदान गर्नका लागि टेलिकमको नेटवर्क मात्रै प्रयोग हुने हुँदा अहिले देखिएको फिसिङ लिंकसँग टेलिकमको कुनै पनि संलग्नता नरहेको उनले बताए। उनी भन्छन्, यस्ता आर्थिक ठगीबाट बच्न ग्राहकको सचेतना नै मुख्य कुरा हो। 

टेलिकमका सूचना अधिकारी नीरज न्यौपाने सेवाप्रदायक संस्थाको माध्यमबाट कुनै गलत सूचना बाहिरिएको छ भने उनीहरूले नै जिम्मा लिनुपर्ने बताउँछन्। टेलिकमबाट यस्तो सुविधा लिनका लागि सेवाप्रदायक कम्पनीहरूले १ लाख धरौटी टेलिकममा बुझाउनुपर्छ। म्यासेजको संख्याअनुसार उनीहरूले बुझाउनुपर्ने रकम फरक–फरक रहेको छ। स्वीकृत लिएका सेवा प्रदायक संस्थाले आफ्नो रेट राखेर विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्रवाह हुने यस्ता म्यासेज एकैपटक पठाउँछन्। यसका लागि टेलिकमकै सिष्टम प्रयोग हुन्छ। टेलिकमले नै उनीहरूलाई नागरिकको नम्बरसम्म एक्सेस दिन्छ। 

टेलिकमको सूचनाअनुसार एसएमएस अर्लटका लागि ३ हजारदेखि १ लाख एसएमएस पठाउनका लागि सेवा प्रदायक संस्थाले प्रतिएसएमएस ५० पैसा बुझाउँछन्। १ लाखदेखि १० लाखवटा एसएमएस पठाउन प्रतिएसएमएस ४० पैसा, ३० लाखसम्म ३० पैसा र ३० लाखदेखि माथि जति पनि संख्यामा एसएमएस पठाउन प्रतिएसएमएस २० पैसा टेलिकमलाई बुझाउनुपर्छ। यस्तो सेवा उपलब्ध गराएबापत टेलिकमले सेवाप्रदायकसँग धरौटी पनि लिन्छ, प्रतिएसएमएस पैसा पनि लिन्छ।

टेलिकमका सूचना अधिकारी न्यौपाने व्यक्ति तथा संघसंस्थाको सहजताका लागि दिइएको सेवाको दुरुपयोग हुँदा आर्थिक अपराधहरू घटिरहेको बताउँछन्। उनी भन्छन्, केही घटनालाई हेरेर सामूहिक म्यासेज गर्न पाउने सिष्टम नै गलत भन्न मिल्दैन नि ! सेवा प्रदायकहरूले व्यावसायिक प्रयोजनका लागि लिएको भ्यालु एडेड सर्भिस (भास) प्रणालीको दुरुपयोग गरिएको उनको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.