घरधनीहरुको विरोधका कारण रोकिएको वीरगन्जको मेनरोड विस्तारको काम सुचारु

घरधनीहरुको विरोधका कारण रोकिएको वीरगन्जको मेनरोड विस्तारको काम सुचारु
सुन्नुहोस्

वीरगन्ज : घरधनीहरुको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम सोमबारदेखि प्रहरी परिचालन गरेर फेरि सुचारु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक) को सडक सीमा क्षेत्र (दायाँ–बायाँ २५/२५ मिटर)मा रहेका संरचनाहरु दोस्रो चरणमा गत शुक्रबारदेखि हटाउन थालिएकोमा जग्गाधनीहरुको विरोधका कारण रोकिएको थियो। 

गत शुक्रबार बिहान गण्डकदेखि डोजर लगाएर सडक सीमा क्षेत्रभित्रका घरटहराहरु हटाउन थालिएकोमा डोजरहरु कृषि औजार केन्द्र अगाडि पुगेपछि स्थानीयले अवरोध गरेपछि रोकिएको थियो। शनिबार बिहान पनि सडक विस्तारको विरोधमा केही घरधनीहरुले घण्टाघर चोकमा टायर बालेर प्रदर्शनपनि गरेका थिए। जसका कारण शुक्रबारदेखि सडक विस्तारको काम रोकिएको थियो। 

त्यसपछि आइतबार बेलुकी नेपाल प्रहरी र वीरगन्ज महानगरको नगर प्रहरीले माइकिङ गरेर रातभरिमा घरमा रहेका सरसामानहरु खाली गर्न आग्रह गर्दै सोमबार बिहान ६ बजेदेखि डोजर चलाइने सूचना गरेका थिए। त्यही सूचना अनुसार सोमबार बिहान करिब ७ बजेदेखि सडक विभागले नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरका नगर प्रहरीको सहयोगमा गण्डक चोकको बहुअरीदेखि चारवटा डोजर लगाएर सडक सीमा क्षेत्रमा पर्ने घरटहराहरु हटाउन थालेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अधिकृत शुभराज न्यौपाने जानकारी दिए। 

सोमबार बिहानदेखि चारवटा डोजर परिचालन गरी सडक सीमा क्षेत्रभिका संरचनाहरु हटाउने काम सुचारु गरिएको उनले बताए। जनकपुर, सिन्धुली र हेटौंडाबाट थप १० वटा डोजर मगाइएको  भन्दै उनले ती डोजरहरु पनि मंगलबारदेखि परिचालन गरिने जानकारी दिए। उनले भने, ‘अब सडक विस्तारको काम रोकिन्न, गण्डकदेखि सुरु काम मितेरीपुल पुगेर नसकिएसम्म निरन्तर जारी रहन्छ। अब कसैको अवरोध वा विरोधले यो काम रोकिनेवाला छैन।’

न्यौपानेका अनुसार, सर्वोच्च अदालतको आदेश बमोजिम, करिब दुई महिनाअघि अर्थात गत वैशाख ६ र ७ गते सडक विभागले ९ वटा डोजर परिचालन गरेर सडक सीमा क्षेत्रभित्रका घरटहराहरु आंशिक रुपमा  हटाएको थियो। त्यसपछि सडक विभागले भत्काउन बाँकी रहेका संरचनाहरु आफैं हटाउन घरधनीहरुलाई २५ दिनको समय दिएको थियो। तर घरधनीहरु आफैंले ती संरचना नहटाएपछि सडक विभागले  गत शुक्रबारदेखि फेरि डोजर परिचालन गरेर सडक विस्तारको काम पुन सुचारु गरेको थियो। 

न्यौपानेले वीरगन्जको मेनरोड विस्तार योजनाका लागि संघीय सरकारबाट बजेट विनियोजन पनि भइसकेको जानकारी गराए। उनले भने, ‘यसका लागि  हामीले बहुवर्षीय ठेक्कामा लैजाने तयारीपनि गरिरहेका छौं। र बहुवर्षीय ठेक्कामा लैजानु भन्दा अगाडि सबै साइट क्लियरेन्स गर्नुपर्ने हुन्छ। त्यही काम अहिले  गरिरहेका छौं।’ 

गत वैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रुपमा भत्काएको थियो। त्यसपछि केही घरधनी आफैंले २५/२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए। तर घण्टाघरदेखी माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.