मनसुन थप सक्रिय हुने, मौसम विभागले दियो यस्तो चेतावनी

मनसुन थप सक्रिय हुने, मौसम विभागले दियो यस्तो चेतावनी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताइन् । देशका पहाडी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको उनले बताइन् ।

उनले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू (विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभाग) का पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने उल्लेख गरिन् । लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सडकको अवस्था बुझ्न तथा अत्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न समेत उनले सुझाव दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.