प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६२ अंकले बढेर २५९९.४२ विन्दुमा अडिएको छ।
४३ वटा स्क्रिप्सको १० हजार २५३ कित्ता सेयर ७९ लाख ६८ हजार ६२९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी २ वटा स्ट्क्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !