जानुको ‘१६ वर्षे जोवनी’
हङकङ : हङकङलाई कर्मथलो बनाएका दुई हस्ती रचनाकार जानु काम्बाङ र निर्देशक युगल पोमो लिम्बूको एक उत्कृष्ट सिर्जना सार्वजनिक गरिएको छ। बबिना किरातीको आवाजमा रहेको ‘१६ वर्षे जवानी’ गीतलाई बैंश, प्रेम र मदहोसीको प्रतिकका रुपमा प्रस्तुत गरिएको छ। जानु काम्बाङ्का शब्दमा तीन दर्जन बढी गीत तथा कविता सार्वजनिक भइसकेको छ। यो गीत रमाइलो प्रेम दर्साउने भावमा सिर्जित गरिएको उनी बताउँछिन्।
सुमन राईको संगीत, अमोस तामाङको एरेन्ज रहेको गीतलाई शब्दको थिम अनुसार भिडियोमा प्रस्तुत गरिएको छ। निर्देशक युगल भन्छन्, ‘स्टेज प्रस्तुतिका लागि उत्कृष्ट संगीत, भिडियोमा अझ सबल रुपमा प्रस्तुत गरेका छौं। भिडियोमा प्रस्तुत गरिएको हाउभाउ, नृत्य र वातावरणले गीतको शब्दलाई पक्कै न्याय गरेको छ।’
भिडियोमा बिना राउत, यसराज गहराच र तेन्जु योञ्जनको रोमान्स देख्न सकिन्छ। रोशन विकको नृत्य, मोहनकुमार जिलुको क्यामरा, अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियो जानु काम्वाङ लिम्बु युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया दिनुहोस !