अमेरिकामा नेपाली ‘किड्स ट्यालेन्ट शो’

अमेरिकामा नेपाली ‘किड्स ट्यालेन्ट शो’
सुन्नुहोस्

अमेरिका (अन्नपूर्ण): अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्यान्डद्वारा आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भएको छ । कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा प्रतियोगितात्मक प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान भण्डारी निर्णायक थिए । नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द तथा सारंगा श्रेष्ठ निर्णायक र भने नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी शाक्य, कवि सुनिता बस्नेत तथा कवि नीर थापा निर्णायक मण्डलमा रहेका थिए ।

प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बन्न सफल भएका छन् । त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्दै ‘टप टेन फाइनलिस्ट’मा निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी तथा मिरन लिम्बु छनोट भएका थिए ।

कार्यक्रममा सहभागी बालबालिकालाई नेपाली झन्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र तथा जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो । त्यसैगरी टप टेन फाइनलिस्टलाई १ सय अमेरिकी डलर तथा प्रत्येक विधाका च्याम्पियनलाई ५ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको आयोजकलका संस्थाका वरिष्ठ उपाध्यक्ष राजु ढुंगेलले बताए ।

कार्यक्रमकै अवसरमा इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी, कार्यक्रम संयोजक सुशील पंगेनी तथा निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा समेत गरे । नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानसँग जोड्दै प्रतिभा विकास केन्द्र प्रभावकारी हुने संस्थापक सल्लाहकार अमर छन्त्यालले विश्वास व्यक्त गरे ।

कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सहसंयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसी र समाजसेवी इन्द्र थापालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.