चर्चा बढ्यो ‘लौननी यस्तो भए म किन ?’

चर्चा बढ्यो ‘लौननी यस्तो भए म किन ?’
सुन्नुहोस्

काठमाडौं : लोकदोहोरी गायक तथा सर्जक सुरेश अञ्जनको नयाँ लोकदोहोरी गीत ‘लौननी यस्तो भए म किन ?’ले सार्वजनिक भएको दुई साता नबित्दै यु्युब च्यानलमा झन्डै ३० लाख दर्शकको माया बटुलेको छ। गीत हाल टिकटकमा समेत ‘ट्रेन्डिङ’ नम्बर १ मा पर्न सफल भएको निर्माण पक्षले जनाएको छ। 

प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका विविध पक्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतले श्रोताको मन छोएको प्रतिक्रियासमेत प्राप्त भइरहेको निर्माण पक्षको दाबी छ। गीतमा सुरेश अञ्जन र अञ्जिता विश्वकर्माको स्वर छ। शब्द तथा संगीत सुरेश अञ्जनकै रहेको गीतमा संगीत संयोजन शिवा कनौजे मगरले गरेका हुन्। बिमल छिनालको मिक्सिङ तथा मास्टरिङ, रोजित महर्जनको रेकर्डिङ रहेको गीतमा डाइनामिक स्टुडियोले प्राविधिक सहयोग गरेको छ।

सुरेश अञ्जानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो नाइजेरियाका विभिन्न स्थानमा छायांकन गरिएको हो। भिडियोका निर्माता सुरेश अञ्जन हुन् भने निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीको छ। 

भिडियोमा अनुष्का घर्ती क्षेत्री, धुर्वे, विष्णु गिरी र आइशात सनुसीको अभिनय छ। नाइजेरियाका ओलायिन्का बाबाटुन्डे, वालिउ अडेटोये, अडेबिसी, इम्यानुएल, ओक्पान मिराकल हान्नाह, आयोमिडे अडे, चिकान्गोजी, जोय तथा नेपालका गणेश थापाले नृत्य प्रस्तुत गरेका छन्। नेपाल र नाइजेरियाका कलाकारको संयुक्त सहभागिताले भिडियोलाई थप आकर्षक बनाएको हो। 

भिडियोको छायांकन टीजे ओलादेजोले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ राजकुमार मगरको छ। पोस्टर डिजाइन एसडी हाउसले तयार गरेको हो। मेकअप अलारा ग्लाम सिग्नेचर्स, लिप्सिङ क्यामेरा सुरेश बोहरा, लोकेसन तथा टिम व्यवस्थापन नुरियत आयोडेजी र पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले सम्हालेका छन्।

 साहित्यकार हरि गिरी विमर्शी, रञ्जित पौडेल, तेजश रेग्मी, मन जीसी, गणेश थापा, सुजिता थापा, सुनील भुसाल, शिव गिरी, सुरेश बोहरा, दुर्गा गिरी, सौगात साउद, मिलन नाथ, मेनुका सोनी, कृष्ण पौडेल, शर्मिला पौडेललगायत नेपाली तथा नाइजेरियाली सहयोगीहरूको विशेष योगदानमा सांगीतिक परियोजना सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.