गोबी मरुभूूमिबाट अर्गान डोनेसनको सन्देश फलाउँदै नेपाली

गोबी मरुभूूमिबाट अर्गान डोनेसनको सन्देश फलाउँदै नेपाली
सुन्नुहोस्

हङकङ :  मंगोलियाको विशाल मरुभूमि गोबीमा मे २६ बाट ३१ सम्म गोवी डेजर्टे रिवर्थ जोर्नी सम्पन्न गरिएको छ। ३४ जना सहभागी भएको यात्रामा हङकङ अल्पसंख्यक जातिको प्रतिनिधित्व गर्दै नेपालीहरू सामाजिक कार्यकर्ता मेरिना राई, सारा राई, अन्य मुलुकहरूबाट साविहा मरियम, महम्मद बाबिजिय, जाहिद फरिय ज्यादीलगायत स्थानीय चाइनिजहरू, अर्गान डोनर, सर्भाइभर, मेडिकल डाक्टर, नर्स, रिटायर्स कस्टम अफिसर, पुलिस अफिसर, विद्यार्थीको सहभागिता रहेको थियो।

एचकेटियसए (हङकङ ट्रान्सप्लान्ट स्पोर्टस् एसोसियसन)को सहयोगार्थ (जीपीसीसी) पिस फार्मले आयोजना गरेको रिवर्थ यात्रामा करिब एक मिलियन हङकङ डलरको सहयोग कोष रकम संकलन गरिएको थियो। 

संस्थाका चेयरमेन, आयोजक तथा अर्गान डोनर परिवारका सदस्य मिस्टर एलेक्स लियोङ भन्छन् ,‘यो भावना र मानवताको बिज हो, संसारमा किन्न नमिल्ने, बनाउन नमिल्ने अगंलाई मृत्युपश्चात्पछि कोहीको जीवन बचाउनका लागि प्रयोग गरिने मानवीय साहस र प्रेम हो। हङकङ ट्रान्सप्लान्ट स्पोर्टस् एसोसिएसनका चेयरपर्सन मार्टिन वङका अनुसार डोनरबाट प्राप्त भएको अगंबाट जीवन बाँचिरहेकालाई एचकेटियसएले खेलकुदमार्फत स्वास्थ्य र सबल जीवन बाँच्नलाई प्रेरणा दिइरहेको छ। 

यो रिवर्थ जोर्नीले ती सम्पूर्ण सर्भाइभलहरूका लागि थप क्रियाशील कार्यक्रम उत्पादनका लागि सहायक कोष स्थापनाका लागि थप बल पुगेको छ।’अल्पसंख्यक जातिको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै यात्रामा सहभागी भएकी मेरिना सामाजिक कार्यकर्ता हुन्, रेडियो कार्यक्रम उत्पादनसँगै नेपाली समाजका लागि विभिन्न कार्यक्रमहरूमार्फत हङकङ सरकार र समुदायलाई जोड्न क्रियाशील मेरिना आफैं पनि अर्गान डोनर हुन्, उनले सन् २०१८ मै आफ्नो मृत्युपश्चात् आफ्नो प्रयोग गर्न मिल्ने अंगहरू डोनेसन गर्नेछु भनी आफू र आफ्नो परिवारका सदस्यहरूको अनुमतिसहित रजिस्टेसन गरिसकेकी छिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.