कस्तो रहला आगामी तीन दिनको मौसम ?
काठमाडाै : नेपालमा तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वषाको सम्भावना नरहेको विभागले जनाएको छ ।
आज देशको हिमाली र पहाडी भुभागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसो भन्दा राती बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने बताइएको छ । कोशी मधेश र लुम्बिनि प्रदेशको केहि स्थानहरुमा तथा कर्णाली र सुदूरपश्मिका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने देखिएको बताइएको छ ।
त्यसैतै बागमती र गण्डकी प्रदेशमा २४ घण्टाभित्र एक–दुई स्थानमा भारी वर्ष हुने सम्भावना हुने देखिएकाले सचेत हुनपर्ने बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । त्यसतै सोमबार बागमती, गण्डकी र लुम्बिनि प्रदेशका तराईका साथै पहाडी भुभाग र कर्णाली प्रदेशको पहाडी र तराई भुभागमा मध्यम खालको वर्ष हुने देखिएको विभागले जनाएको छ । मंगलबार कोशी बागमती प्रदेशको पहाडी भुभाग, गण्डकी लुम्बिनि कर्णाली र सुदुरपश्चिमको पहाडी र तराइको भुभागमा भारीदेखि मध्यम खालको वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ ।
प्रतिक्रिया दिनुहोस !