एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन

एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको छ । व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको हो ।

एमबीबीएसको प्रश्नपत्र बाहिरिएको घटना के हो ? कोबाट, कसरी गैरकानुनी काम भएको हो सत्यतथ्य पत्ता लगाई दोषीउपर कानुनी कारवाही सिफारिसका लागि छानविन समिति गठन गरिएको डीन कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।

साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो । ‘एमबीएस फस्र्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेपछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले स्क्रिनसटसहित त्रिविको ध्यानाकर्षण गराएको थियो । सार्वजनिक सामग्रीमा प्रश्नपत्र पठाइएको देखिनुका साथै त्यसपछि समाधानसमेत मागिएको सन्देश देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.