मृत्युपछि दुई वर्षीया बालिकामा कोरोना पुष्टि : आमालाई पनि संक्रमण

मृत्युपछि दुई वर्षीया बालिकामा कोरोना पुष्टि : आमालाई पनि संक्रमण

धनगढी : बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार बुढिगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। बालिकाकी आमाकोसमेत पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। मृतक बालिकाका बुवाकाे पपीसीआर रिपाेर्ट भने नेगेटिभ आएको छ ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।

बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । भारतबाट आएपछि उनीहरुलाई बुढिगंगा नगरपालिका १ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।

बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको थियो । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले बताएका थिए । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको थियो । 

आइतबार सुदूरपश्चिमका बालिका र उनकी आमासहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

बालिकाको आइतबार बिहान मृत्यु भएको थियो। जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले भने उनको मृत्यु ज्वरो र पखालाका लागेपछि भएको जानकारी दिएका थिए।

मृतक बालिकाको स्वाब संकलन परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने दुई जनाको मृत्युबारे आधिकारीक पुष्टि गरेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.