भागरथी भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

भागरथी भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौं : नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ केन्द्रीय समितिले आइतबार बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो। 

कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए। नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए। 
    

भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दिपक भट्टराईले जानकारी दिए। पद्ममकन्या क्याम्पसबाट सुरु भएको विरोध र्‍याली पुतलीसडक घुमेर पुन पद्ममकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.