उपेन्द्र निवासमा प्रचण्ड-माधवसहित शीर्ष नेताबीच भेटवार्ता

उपेन्द्र निवासमा प्रचण्ड-माधवसहित शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत लिने निर्णय गरेलगत्तै नेकपा ​माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। संसद बैठक आह्वान भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच टेलिफोनमा छलफल भएको थियो।

कांग्रेस र माओवादीले जसपा र एमालेभित्रको विद्रोही समूहको समेत लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका छन्।

ओलीलाई अल्पमतमा पार्न मंगलबार नेकपा ​माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिएको छ। भने प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त छन्।

बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासमतलाई कसरी फेल गराउने विषयमा रणनीति बनाउन नेताहरुको बीचमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।

पछिल्लो समय विपक्षी गठबन्धनबीच सत्ता समिकरण र ओलीलाई बहिर्गमन गर्नका लागि पटक-पटक छलफल हुँदै आएको छ। बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले ओलीको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरिसकेको छ। विश्‍वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने कांग्रेसको ठहर छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा रहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता दिने पक्षमा छन्। तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा रहेका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले सांसदहरूलाई काठमाडौं नछाड्न भनेको छ। जसपाको महन्थ ठाकुर पक्षले सांसद र केन्द्रीय कार्यकारिणी सदस्यलाई काठमाडौं बोलाएको छ। उक्त पार्टीमा यो सरकारप्रतिको धारणामा पूर्वराजपा र पूर्वसमाजवादी पार्टी पक्षबीच विवाद रहँदै आएको थियो। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले लुम्बनी प्रदेशमा चार सांसदलाई निष्कासन गरेपछि पार्टी फुटकै अवस्थामा पुगेको छ। केन्द्रीय कार्यकारिणी सदस्यका घर–घर गई हस्ताक्षर गरी डा. भट्टराई र यादव पक्षले चार सांसदको पद खोसेको आरोप अध्यक्ष ठाकुर र राजेन्द्र महतो पक्षले लगाएको छ। 

ठाकुर पनि आफूलाई संसदीय दलका नेता चुन्न र ओलीको पक्षमा मतदान गर्न सांसद र कार्यकारिणी सदस्यको हस्ताक्षरमा जुटेका छन्। बहुमत सांसदको हस्ताक्षर गराएको दाबी यो पक्षले गरेको छ। डा. भट्टराई र यादव पक्ष ओलीको बहिर्गमन कसरी गर्ने भनेर माओवादी केन्द्रसँग मिलेर रणनीति बनाउन सक्रिय छन्। डा. भट्टराई र यादव पक्ष पनि हस्ताक्षर संकलनमा जुटेको छ। 

सत्तारुढ एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालका दुई खेमा छन्। ओलीलाई विश्वासको मत दिने कि फ्लोर क्रस गर्ने कि सामूहिक राजीनामा दिने भन्नेमा नेपाल पक्ष अन्योलमा देखिएको छ। नेपाल पक्ष पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने अडानमा छ। तर, आफ्नै पक्षका नेता तथा सांसदले छोड्दै गएका कारण यो अडानमा टिकिरहन समस्या हुँदै आएको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.