रास्वपा पदाधिकारीका लागि मतदान सुरु : ६ पदका लागि को–को छन् प्रतिष्पर्धामा ?

रास्वपा पदाधिकारीका लागि मतदान सुरु : ६ पदका लागि को–को छन् प्रतिष्पर्धामा ?
सुन्नुहोस्

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनको तयारी भएको छ । उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो । खुला उपसभापतितर्फ डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेका कारण निर्विरोध भइसकेका छन् । उपसभापति पदका लागि सोविता गौतम र तोशिमा कार्की प्रतिस्पर्धाको दौडमा छन् ।

२ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको छ ।  निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्मेदवारी सूची अनुसार, महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको छ । यद्धपी महामन्त्रीमा विपिन आचार्यलाई प्रमोद न्यौपाने र गणेश पराजुलीले समर्थनको घोषणा गरेका छन्। 

यसअघि कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै, ३ सहमहामन्त्री १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तको उम्मेदवारी परेको छ भने महिलातर्फ जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ । एक महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीको उम्मेदवारी परेको छ । यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.