पाँच गाडीसहित तस्करीको सामान सशस्त्र प्रहरीले गर्‍यो बरामद

पाँच गाडीसहित तस्करीको सामान सशस्त्र प्रहरीले गर्‍यो बरामद
सुन्नुहोस्

रौतहट : सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।  

पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर   बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी  हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा नं. १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको करिब ८० जनाको संयुक्त टोलीले सीमा क्षेत्रमा छापा मारेको थियो ।

nullटोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २ सय  बोरा खरबुजाको बीउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो र एक नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेला पारेको थियो । सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएको जनाएको छ । मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२ नम्बरको भारतीय बोलेरो पिक अप, बिआर ०६  ई ९६२९ नम्बरको बोलेरो पिकअप, बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ नम्बर गरेर ४ भारतीय बोलेरो पिकअप गाडी रहेका छन् । 

बरामद गरिएको खरबुजाको बीउको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको बताइएको छ । सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ । सशस्त्र प्रहरी वल सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक एकराज बुरलाकोटीले  ती गाडीहरूमा लोड गरिएका सामानहरूको पूर्ण विवरण र मूल्याङ्कन भन्सार कार्यालयले परीक्षण भइरहेकाले यकिन तथ्यांक आउन समय लाग्ने जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.