विपिन आचार्यलाई रास्वपा महामन्त्रीमा पाँच नेताको समर्थन
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिने भएको छ । रास्वपाको विधानअनुसार चुनावबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । तर, महामन्त्रीमा उम्मेदवारी दिएका आठ जनामध्ये चार जनाले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका छन् । आचार्य सभापति रवि लामिछाने निटक नेता हुन् ।
यसअघि उनी सहमहामन्त्री रहेका थिए । जसमा कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले छन् । परराष्ट्रमन्त्री समेत रहेका खनालले उम्मेदवारी नै दिएका थिएनन् । बुर्लाकोटी, पराजुली, खरेल र न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस !