‘एक्सप्रेस वे’ मा चलेको सरकार दुर्घटनाको नजिक छ : रामकुमारी झाँक्री

‘एक्सप्रेस वे’ मा चलेको सरकार दुर्घटनाको नजिक छ : रामकुमारी झाँक्री
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको तर्क गरिन् । सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको उनको भनाइ छ ।

त्यस्तै उनले एक्सप्रेस वेमा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् । त्यसै गरी झाँक्रीले भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि न्यायिक छानबिन आयोग गर्न समेत माग गरिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.