हामीमाथि चौतर्फी हमला भइरहेको छ : ओली

हामीमाथि चौतर्फी हमला भइरहेको छ : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी हमला भइरहेको बताएका छन्। गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै यस्तो बताएका हुन्।

उनले भने, ‘पार्टी र नेतृत्वले गरेका कामहरुको सन्दर्भमा र आगामी दिनमा आउन सक्ने चुनौतिहरुको पहिचान गर्ने, सामना गर्ने र ती चुनौतिलाई पराजीत गर्ने सन्दर्भमा निति कार्यक्रम र कार्ययोजना समिक्षा भयो।’

'सुशासनयुक्त देश , गरिबी नभएको देश, पछौटेपन नभएको देश, आधुनिक देश निर्माणका निम्ति सुशासन, विकास,समृद्धि आजको तात्कालीन विषय हो।', ओलीले भने, ‘हामी फेरि पनि जित्छौं। अबका दिनमा जित्दै जानेछौं। हाम्रो पार्टीको दृष्टीकोण र कर्तव्य यो पनि हो। हामीले जित्नुपर्छ।’ 

उनले देश बनाउने कर्तव्य आफ्नो पार्टीको रहेको बताए। उनले भने, ‘जनताको विश्वास हामी माथि छ। देशको ठूलो पार्टी हामी हौं। हावाको झोक्काहरुले हामीलाई असर गर्दैन। ’

अध्यक्ष ओलीले आफ्नो पार्टीमाथि चौतर्फी हमला भइरहेको बताए। उनले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। वैचारिक हमला त्यत्तिकै भएको छ। संगठनमाथि पनि हमला भएको छ। एमालेको महाधिवेशनमा व्यानर देखियो रे, तामझाम देखियो रे भनेर छाति पिट्छन् विरोधीहरु। हामी व्यक्ति पुजक र मुर्तिपुजक होइनौं। हामीले कमिटी प्रणाली, सामुहिक नेतृत्वमा विश्वास गर्छौं। कसैले चक्र चलाएर नेपाल जितिने होइन।’ साझा आन्दोलनबाट मात्रै देशमा परिवर्तन सम्भव हुने उनको भनाइ छ। आफूले सरकारमा रहँदा राम्रो काम गरेपछि प्रतिकृयावादीहरु छक्क परेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.