खानेपानीका प्रमुख कुशवाहामाथि अमानवीय व्यवहार गरेकोप्रति आपत्ती

खानेपानीका प्रमुख कुशवाहामाथि अमानवीय व्यवहार गरेकोप्रति आपत्ती

काठमाडौं : खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गरेको भन्दै मानव अधिकारकर्मीले आपत्ती जनाएका छन् । न्यायका लागि मानवअधिकारले वक्तव्य निकाल्दै कानुन हातमा नलिन तथा सुशासन कायम गर्न आग्रह गरेको छ ।

कुशवाहलाई कब्जामा लिएर सार्वजनिक बेइज्जती गर्दै नगर परिक्रमा गराएको भन्दै ध्यानआकर्षण भएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘ देशमा विकाश, शान्ति, सुशासन कायम गर्नको लागि कानुनी शासन, दण्डहिनताको अन्त्य, मानव अधिकारको सम्मान हुन अनिवार्य छ । जनकपुरमा घटनाले दलका कार्यकर्ताले कानुन हातमा लिएको । कानुनी कारबाहीको सट्टा गरिएको भौतिक कारबाहीले विकृतिको अन्त्य नहुनुका साथै कानुन, संविधान र मानव अधिकारको चरम उलंघन भएको यस संजालको ठहर छ ।’

‘विकृतीको विरुद्धमा राज्यका प्रणालीहरुले उचित कदम चाल्न तथा ब्यक्ति उपर भौतीक आक्रमण नगर्न र शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी पाएका निकायहरुले अमानविक, गैह्रकानुनी कार्य प्रभावकारी रुपमा रोक्न तथा दोषिउपर कारबाही गर्न र भ्रष्टाचार, विकृति, कुशासनविरुद्धमा परिणाममुखी भूमिका निभाउन सरोकारवाला सबैमा तथा धैर्य, सम्यमता, कानुनको पालना र मानव अधिकारको सम्मान गर्न जनमत दल तथा अन्य राजनैतीक दलहरुलाई हार्दिक अपिल गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.