प्रधानन्यायाधीश लचिलो : सम्मानजनक बहिर्गमनको प्रस्ताव

प्रधानन्यायाधीश लचिलो : सम्मानजनक बहिर्गमनको प्रस्ताव

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत न्यायाधीशबिच भएको भेटवार्तामा प्रधानन्यायाधीश जबराले सम्मानजनक निकाशको प्रस्ताव अगाडि सारेका छन्। आफू निकट न्यायाधीश मार्फत जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि सारेका हुन्।

अहिले दुई पक्षका बीचमा वार्तासमेत अवरुद्ध भएको र यसले निकास नदिने भएकाले वार्ता पनि जारी राख्न र आफ्नो बर्हिगमनको विकल्प पनि सुझाउन न्यायाधीश शर्मामार्फत प्रधानन्यायाधीश जबराले प्रस्ताव पठाएको भेटमा सहभागी एक न्यायाधीशले बताए। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता भएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो।

आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूको बैठकले न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरेको हो। सो समितिले प्रधानन्यायाधीशको धारणा बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाउनेछ।

न्यायाधीश मनोजकुमार शर्मामार्फत उनले यस्तो प्रस्ताव पठाएका हुन्। आइतबार पनि न्यायाधीशहरू छलफलमै रहेका थिए। गत आइतबारको चिया समयपछि न्यायाधीशहरू इजलास वहिस्कार गरेर छलफलमा छन्। एक हप्तादेखि प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशको इजलास बस्न सकेको छैन।

सर्वोच्चका न्यायाधीशसहित नेपाल बारले जबराको राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले आज आइतबार सर्वोच्च अगाडि धर्ना दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.