व्यक्तिगत विवरण चोरेको भन्दै डाक्टरले दिए मेडिकल काउन्सिलमा उजुरी

व्यक्तिगत विवरण चोरेको भन्दै डाक्टरले दिए मेडिकल काउन्सिलमा उजुरी

काठमाडौंः नेपाल मेडिकल काउन्सिलमा चिकित्सकहरुको अद्यावधिक डाटा चोरी भएको भन्दै मेडिकल काउन्सिलमा उजुरी परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले विवरण चोरी भएको विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन्।

मंगलबार डा. जोशीले काउन्सिलमा बुझाएको उजुरीपत्रमा भनिएको छ, ‘मैले नै काउन्सिलका कुलसचिवज्युलाई काउन्सिलमा दर्तावाला चिकित्सकको सम्पर्क नम्बर माग्दा यो गैरकानुनी हुने दिन नमिल्ने भन्नुभयो र एसएमएस सेवा प्रदायक कम्पनीसँग माग्दा पनि त्यो गैरकानुनी हुने दिन नमिल्ने भन्नुभयो। मतदाताबाट पनि पहिलेको एमएमसी दर्ता सम्पर्क नम्बरमा एसएमएस आएको र अहिलेको चलनमा भएकोमा नआएको भनेर गुनासो छ। यो पृष्ठभूमिकामा यदि डाटा चोरीको आरोप गलत भएको हो भने ओरापित उम्मेदवारलाई किन अन्याय गरियो? वा सत्य हो भने हामीलाई एनएमसीले डाटा किन नदिएको र हामीलाई किन अन्याय गरेको?’

काउन्सिल निर्वाचनको मतदान मंसिर १० र ११ गते हुँदैछ। डा. जोशीले घटनाका विषयमा छानबिन गरी यथार्थ बाहिर ल्याउन काउन्सिललाई अल्टिमेटम दिएका छन्। काउन्सिलमा दर्तावाला चिकित्सकहरुले सम्पर्क नम्बर माग्नु गैरकानुनी भएको उजुरीपत्रमा उल्लेख छ।

त्यस्तै नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व)पदाधिकारी संलग्न भइ व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने सार्वजनिक भएको सूचना प्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनीद्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर, सो नम्बर नेमेकाको लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो।’

विज्ञप्तीमा भनिएको छ,‘ दर्तावाल चिकित्सकहरुका कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्णरुपमा गोप्य रहेको स्पष्ट गरिन्छ। सोही एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ। साथै नेपाल मेडिकल काउन्सिलको २०७८ मंसिर ५ गतेको आकस्मिक पूर्णबैठकले काउन्सिलमा रहने दर्तावाल चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि के कसो व्यवस्था हुन उपयुक्त हुन्छ सुझाव प्रदान गर्न समेत सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गर्ने र सोही आधारमा पदाधिकारी तथा कर्मचारीहरू पदमा रहँदा वा नरहँदा पालना गर्नुपर्ने अचारसंहिता सहित दीर्घकालीन प्राविधिक तथा प्रशासनिक व्यवस्थासहितको एक कार्यविधि तयार पारी कडाइका साथ लागू गर्ने निर्णय गरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.