अपराधी गठबन्धनले देश बर्बाद गराउँदैछ : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशको अहितमा मात्रै काम गरेको बताएका छन्।
पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई बर्बाद हुनबाट जोगाउनु हरेक नागरिकको कर्तव्य रहेको बताएका हुन्।
उनले भने, ‘देश त बर्बाद हुँदैछ। अपराधी गठबन्धनले देश बर्बाद गराउँदैछ। गठबन्धनवालाहरुले केही बुझेकै छैनन्। तर, हामी सचेत हुनुपर्छ।’
उनले एमालेलाई हराउन कसैले नसोंचे हुने बताए। एमाले देशको सबैभन्दा ठूलो पार्टी रहेको र यसलाई कसैले सानो बनाउन नसक्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !