आफूलाई स्थानीय तहमा जोगाउने हो भने खुसुक्क एमालेसंग मिल्नुस : अध्यक्ष ओली

आफूलाई स्थानीय तहमा जोगाउने हो भने खुसुक्क एमालेसंग मिल्नुस : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय थोत्रो गठबन्धनले देशको विकास गर्न नसकेको बताएका छन्। बझाङमा आयोजित जनसभामा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले एमालेसंग चुनाव लड्न नसक्ने बताए।

उनले भने, ‘अनेक ठाउँका मानिस एमालेमा प्रवेश गरेका छन्। एमालेबाहेक मधेसमा कोहि देखिदैंन। एमालेमा प्रवेश गर्नेको लहर छ। स्थानीय तहमा आफूलाई जोगाउनु छ भने खुसुक्क एमालेसंग स्थानीय तहमा मिल्नुस।’

उनले भने, ‘दलाल पुजिँपतीसंग मिलेर अर्थतन्त्र ध्वस्त पार्ने अनि गभर्नरलाई निलम्बन गर्ने? यो सरकारलाई रीस उठेको एमालेसंग हो। एमालेलाई केहि गर्न सक्दैन। रीस गभर्नरलाई पोख्छ।’

यस्तै उनले माधब कुमार नेपाल एउटा गुट भएको बताए। ओलीले भने, ‘माओबादी केन्द्रको हालत केन्द्र मात्रै हुन्छ। भाँडाभित्र केहि रहँदैन। भाँडा मात्रै हुन्छ। ’ उनले गठबन्धनले समाजबाद ल्याउने भनेर जनता ढाँटेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.