यी हुन् जसपाका पाँच समानुपातिक सांसद (सूचीसहित)
मंसिर २४, २०७९ शनिबार १९:४:०
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसपाले चार महिला र एक जना पुरुषको नाम टुंगो लगाएको हो। जसअनुसार प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान रहेका छन्। प्रत्यक्षतर्फ जसपाले सात सिट जितेको थियो।