युवती मिलाइदिन्छु भन्दै बोलाएर दुई बालकले गरे युवकको हत्या

युवती मिलाइदिन्छु भन्दै बोलाएर दुई बालकले गरे युवकको हत्या

विराटनगर : शारीरिक सम्पर्क राख्ने केटी मिलाइदिन्छु भन्दै बोलाएर दुई जना बालकले सुनसरीको धरानमा एक युवकको हत्या गरेको खुलेको छ।

१३ र १७ वर्षका बालक मिलेर धरान उपमहानगरपालिका–११ विष्णु चोकका ३१ वर्षीय सन्दीप लम्जेलको हत्या गरेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार लम्जेलको शव गत बिहीबार धरान–५ तल्लो देउरालीस्थित सुन्दर बस्तीनजिक सेउती खोलाको बगरमा भेटिएको थियो।शरीरमा धारिलो हतियारले काटेको र घोपेको तथा ढुंगाले अनुहार किच्याएको अवस्थामा शव भेटिएको हो।

लम्जेलको हत्यामा धरान–१५ बगरकोटका १३ वर्षीय र धनकुटाको साँगुरीगढी गाउँपालिका–८ घर भइ बगरकोटको भेटघाट सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय बालकको संलग्नता पाइएको एसपी थापाले बताए। उनका अनुसार १३ बर्से बालकलाई गत शुक्रबार धरानबाट र १७ बर्सेलाई शनिबार धनकुटाको छिन्ताङबाट पक्राउ गरेर घाटनाको अनुसन्धान अघि बढाएपछि दुवै जनाले हत्यामा संलग्नता स्वीकार गरेका हुन्।

प्रहरीका अनुसार सेकुवा कर्नरमा काम गर्दै आएका १७ बर्से बालकलाई फोन गरेर शारीरिक सम्पर्क राख्ने केटी खोजिदेउ भन्दै सन्दीपले धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही रिसईबीका कारण अर्का १३ बर्से बालकसँग मिलेर सन्दीपको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ। हत्यामा प्रयोग गरिएको दुईवटा छुरी प्रहरीले बरामद गरेको छ। होटलबाटै छुरी लगेर हत्यामा प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ।

‘केटी मिलाइदेउभन्दै फोनमा गालीगलौज गरेपछि बालक क्रुद्ध भएछन्। त्यसपछि केटी मिलाइदिन्छुभन्दै झुक्यानमा पारेर सन्दीपलाई बोलाएछन्,’ प्रहरी स्रोतले भन्यो, ‘को २८ प २५६८ नम्बरको मोटरसाइकलमा रहेका सन्दीपलाई सेउती खोलाको पश्चिममा भागमा बोलाएको पाइयो। त्यहाँ पुगेपछि मोटरसाइकल रोकेर दुवै बालकले छुराले निरन्तर घोपेर र घाँटी रेटेर तथा ढुंगाले अनुहार किच्याएर हत्या गरेको खुलेको छ।’

एसपी थापाका अनुसार पेट, अनुहार, ढाड, कुम र घाँटीलगायत शरीरका विभिन्न भागमा चोट रहेको तथा घोप्टो परेको अवस्थामा सन्दीपको शव भेटिएको हो। मारिएका सन्दीप र हत्यामा संलग्न १७ बर्से बालक लागुऔषधका दुव्र्यसनीसमेत रहेको प्रहरीको भनाइ छ। हत्याको अर्को कारण लागुऔषधको दुव्र्यसन पनि रहेको प्रहरीले जनाएको छ। ‘फोनमा बारम्बार गालीगलौज गरेपछि बालकले हेपिएको महसुस गरेछन्,’ एक प्रहरी अधिकारीले भने, ‘गतल काममा अनआवश्यक दबाब दिएपछि रिस थाम्न नसकेर दुई बालक मिली सन्दीपको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

हत्यामा संलग्न दुवै जना बालकलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको हो। दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन जिल्ला अदालत सुनसरीबाट सोमबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको थापाले बताए। उनका अनुसार घटनापछि हत्यामा संलग्न १७ बर्से बालक सन्दीपकै मोटरसाइकल लिएर भागेका थिए। मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.