बेल्जियमका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'इडेन हाजार्ड'

बेल्जियमका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'इडेन हाजार्ड'

टोलीका कप्तानसमेत रहेका हाजार्ड बेल्जियमको महत्वपूर्ण खेलाडी हुन् । तीव्रगति, बलसँग खेल्न सक्ने कला तथा नियमित गोल गरिरहने र सहकर्मीलाई पनि गोलको अवसर सिर्जना गर्ने क्षमताले नै हाजार्डलाई बेल्जियम राष्ट्रिय टोलीका लागि मात्रै हैन, युरोपियन क्लबहरूका लागि पनि पहिलो रोजाइको फुटबलरको रूपमा स्थापित गराएको छ । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका हाजार्ड युरोपकै उत्कृष्ट स्ट्राइकरका रूपमा दरिएका छन् ।

 फ्रान्सेली क्लब लिल्लेको एकेडेमीमा हुर्किएका हाजार्ड लिल्लेको सिनियर टोलीबाट आठ वर्ष खेलेपछि चेल्सीसँग आबद्ध भएका हुन् । उनले यो दुवै क्लबबाट ठूला सफलता हात पारेका छन् । बेल्जियमको सिनियर राष्ट्रिय टोलीबाट उनले यो सफलताको अनुभव गर्न पाएका छैनन् । त्यसैले रुस विश्वकप फुटबलमा बेल्जियमलाई यही सफलतातर्फ अघि बढाउन उनले गर्ने प्रयास साँच्चिकै हेर्न लायकको हुनेछ । 

आक्रामक मिडफिल्डर, वाइड मिडफिल्डर र स्ट्राइकरको कुनै पनि भूमिकामा खेल्न सक्ने हाजार्ड बेल्जियमको राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हाजार्डले टोलीका लागि ८५ खेलबाट २२ गोल गरेका छन् । हाजार्डको उपस्थितिमा टोलीले एकभन्दा बढी फाइदा लिन सक्नेछ ।

 उनी कप्तानको हैसियतमा मैदानमा टोलीको नेतृत्व गर्ने मात्रै हैन, गोल गर्ने र सहकर्मीलाई गोलको अवसर पनि सिर्जना गर्ने गर्छन् । बेल्जियमलाई रुस विश्वकपसम्म पुर्‍याउन पनि उनको यस्तै भूमिका रह्यो । छनोट प्रतियोगितामा उनले ६ गोल गर्दै थप पाँच गोलको अवसर सिर्जना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.