भूकम्पले सोलुखुम्बुमा दुई घर भत्किए, थप विवरण आउन बाँकी

भूकम्पले सोलुखुम्बुमा दुई घर भत्किए, थप विवरण आउन बाँकी
तस्बिर : अन्नपूर्ण

सोलुखुम्बु : आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।  बिहान ६:५० बजे गएको शक्तिशाली भूकम्पका कारण थुलुङ दुधकोशी- ७ देउसा लुरुवा बस्ने ५० वर्षीय हर्कबहादुर खत्रीको दुई तले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

 प्रहरी टोली प्रहरी चौकी मुक्लीबाट घटनास्थलमा खटिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। । त्यस्तै खुम्बुपासाङ ल्हामु गाउँपालिका- ५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको जानकारी प्राप्त भएको प्रनाउ घिमिरेले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय थाम्बुचेबाट प्रमुख दीपक कट्वालको कमाण्डमा तीनजना प्रहरी टोली उद्दारमा खटिएको छ । 

भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउन सकेको छैन । प्रहरी र स्थानीय प्रशासनले क्षतिको मूल्यांकन गरिरहेको छ । भूकम्पको केन्द्र विन्दु चीनको तिब्बत सोलुखुम्बु नजिक पर्ने भएकाले यहाँ भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने आँकलन गरिएको छ ।

सोलुखुम्बुका बासिन्दाहरूलाई सुरक्षित रहन र आवश्यक भएमा प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। बिहान नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.