गणेश नेपालीको आत्मदाहसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गर्न नेकपाको माग

गणेश नेपालीको आत्मदाहसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गर्न नेकपाको माग
फाइल फोटो

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आत्मदाह गरेका गणेश नेपालीप्रति राज्यका निकायहरूले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ। 

आज विज्ञप्ति जारी गरेर नेकपाले आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनीमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिएको आरोप लगाएको हो। पार्टीले निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले यो घटना अझ हृदयविदारक बन्न पुगेको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘ राज्य र आम नागरिकबीच अपनत्वको सम्बन्ध कमजोर बन्दै जानु तथा राज्यले भुइँतहका नागरिकको पीडा, संवेदना र आवाज नसुन्नुका कारण एकातिर गणेश नेपालीजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएका छन् भने अर्कोतर्फ हजारौं सुकुम्वासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थामा जीवन बिताउन बाध्य छन्।’

नेकपा सरकारसँग धरातलीय यथार्थमा उभिएर आम नागरिकका समस्याप्रति संवेदनशील बन्न, विशेषगरी बेरोजगार युवा, सुकुम्बासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न माग गरेको छ। 

गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.