प्राविधि सीप सिकाउँदै सिप्रदी
काठमाडौं : ग्रामीण कच्ची सडक तथा सहरका चिल्ला बाटामा सहजै गुडेको देख्न सकिने गाडी हो, टाटा। कार तथा सर्भिस भेहिकलमा टाटाका गाडी नेपालमा सर्वाधिक लोकप्रिय छन्। दैनिक ज्याला मजदुरी गरेर खाने र सभ्रान्त परिवार सबैले चढ्न सक्ने क्षमतामा बनेका छन्, टाटाका गाडी। किसानले अन्न बाली भिœयाउन तथा ठूला आयोजनाका लागि आवश्यक निर्माण सामग्री टाटाकै गाडीले ओसार्छन्। टाटाका गाडी यातायात व्यवसायीदेखि सुरक्षा निकायको अग्रिम रोजाइमा पर्न सफल भएका छन्।
सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा लामो समयदेखि टाटाका गाडी बिक्री गरिरहेको छ। टाटा गाडीका लागि नेपालको आधिकारक बिक्रेता सिप्रदी प्रालि हो। कारदेखि सर्भिस मेहिकल बजारमा उपलब्ध भएकाले सबै वर्गका मानिसको पहुँचमा टाटा पुग्न सकेको छ। पहाडको कच्ची, साँघुरो र उपडखापड बाटो, सहरको ट्राफिक र तराईका समथर भूभागमा टाटाका गाडी नै कुद्छन्।
सिप्रदीले टाटाको उत्पादन बेच्नुका साथै उपकरण बनाउन र सञ्चालन गर्ने गरी दक्ष प्राविधिक जनशक्ति विकास गर्ने काम गर्दै आएको छ। सिप्रदी ट्रेडिङ प्रालिअन्तगर्तको सिप्रदी ट्रेनिङ सेन्टर काठमाडौं, नैकापमा सञ्चालनमा छ। कम्पनीले सन् २०१२ मा गाडी बनाउन र सञ्चालन गर्नका लागि तालिम दिन भन्दै सुविधा सम्पन्न ट्रेनिङ सेन्टर स्थापना गरेको हो। कम्पनीका कर्मचारी र अन्य व्यक्तिसमेत गरी सन् २०१८ सम्म २० हजार सात सय ४८ जनाले उक्त सेन्टरबाट तालिम लिइसकेको कम्पनीले जानकारी दिएको छ।
मेसिनरी वस्तु भएकाले जुनसुकै ठाउँ र समयमा गाडीमा खराबी आउन सक्ने भएकाले सवारी चालक र प्राविधिकलाई तालिम दिने व्यवस्था मिलाइएको सिप्रदी ट्रेडिङ प्रालिका प्रवक्ता बताउँछन्। गाडी बेच्ने काम मात्र नगरेको बताउँदै कम्पनीले गाडी खरिद गर्ने ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिने गरेको जनाएको छ । सोही योजनाअन्तर्गत कम्पनीले चालक र गाडी बनाउने मेकानिक्सलाई तालिम प्रदान गर्दै आएको छ।
कम्पनीको ट्रेनिङ सेन्टरमा सुरक्षा निकाय, सरकारी निकाय, सवारीचालक, स्थानीय वर्कसपका प्राविधिक, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी अटोमोबाइल्ससम्बन्धी तालिम लिन आउने गरेको कम्पनीले जानकारी दियो। अटोमोबाइल्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँगै निर्माता कम्पनीले आफ्ना उत्पादनमा नयाँ–नयाँ प्रविधि विकास गर्दै आएका छन्। नयाँ प्रविधिका गाडी चलाउन तथा मर्मतसम्भारका लागि प्रविधिसँग अभ्यस्त हुन जरुरी हुन्छ। ट्रेनिङ सेन्टरमार्फत चालक र प्राविधिकलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने तिरकाबारे सिप सिकाइने गरिएको छ।
अहिले हथौडाका भरमा मात्रै गाडी बनाउन असम्भव छ। कम्प्युटर सिस्टमबाट धेरैजसो गाडीका समस्या डाइग्नोसिस हुने गरेको छ। कम्प्युटरमै समस्याबारे जानकारी दिइन्छ। त्यसका लागि प्राविधिक ज्ञानको आश्यकता पर्छ। कम्पनीको ट्रेनिङ सेन्टरले त्यस्ता समस्या हल गर्नका लागि जनशक्तिलाई तालिम प्रदान गर्दै आएको छ।
सुरक्षा निकाय, सवारीचालक, स्थानीय वर्कसपका प्राविधिक, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी अटोमोबाइल्ससम्बन्धी तालिम लिन सिप्रदी टे«निङ सेन्टर आउने गरेका छन्।
टाटाका गाडी सबै वर्गका मानिसको पहुँचमा छन्। गाडी बनाउने र चलाउने सबैलाई कम्प्युटरसम्बन्धी ज्ञान हुन्छ भन्ने छैन। ती सबैलाई प्रविधिमैत्री बनाउने काम ट्रेनिङ सेन्टरमार्फत भइरहेको छ। गाडी चलाउने तथा मर्मत गर्नेले इलेक्ट्रिक सर्किट डायग्राम, कम्प्युटर, म्यानुअलमा लेखिएका कुरा बुझ्न सक्ने हुनुपर्छ। अध्ययन वा तालिमबिना प्राविधिक विषय बुझ्न सजिलो छैन। नेपालका धेरैजसो सवारी चालक र वर्कसपमा काम गर्ने प्राविधिक अध्ययनभन्दा अनुभवले यस क्षेत्रमा आएका छन्। ती सबैलाई कम्प्युटर प्रणालीमा अभ्यस्त बनाउने काम पनि ट्रेनिङ सेन्टरमार्फत हुँदै आएको छ।
ट्रेनिङ सेन्टरले टाटाका लागि आवश्यक जनशक्ति मात्रै उत्पादन नगरी सम्पूर्ण अटोमोबाइल्स सेक्टरका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति पैदा गर्ने काम गर्दै आएको प्रवक्ताको भनाइ छ। गाडीमा आउने समस्या हल गर्न सबै सर्भिस सेन्टरमै आउँछन् भन्ने नरहेको बताउँदै कम्पनीले मेसिनको भरमा चल्ने भएकाले गाडी जहाँ जहिले पनि बिग्रिन सक्जनाएको छ । त्यसैले स्थानीय वर्कसपमा काम गर्ने मेकानिक्सका साथै चालकलाई प्रविधिमैत्री बनाउन समय–समयमा तालिम दिने गरेको कम्पनीको भनाइ छ ।
कम्पनीको वर्कसपमा कम्पनीका गाडी मात्र सिर्भिसिङका लागि आउँछन्। तर, स्थानीय वर्कसपमा सबै ब्रान्ड र किसिमका गाडीको सर्भिस दिनु पर्ने भएकाले त्यसलाई ख्याल गरी सबै प्रकारका गाडी मर्मतसम्भार गर्न कम्पनीले दक्ष प्राविधिक तालिम सञ्चालन गर्दै आएको प्रवक्ता बताउँछन्। यसबाट समग्र अटोमोबाइल्स क्षेत्रमा उलेखनीय योगदान पुग्ने उनको भनाइ थियो। नेपालमा अझै पनि अटोमोबाइल्स सेक्टरको बजार विस्तारअनुरूप दक्ष जनशक्तिको अभाव रहेको उनले बताए। त्यसैलाई चिर्नका लागि सिप्रदी ट्रेनिङ सेन्टर सञ्चालन गरिएको बताइएको छ। ट्रेनिङ सेन्टरले अटोमोबाइल्स क्षेत्रमा युवाको दक्षता वृद्धि गर्ने काम गरिरहेको बताइएको छ।
ट्रेनिङ सेन्टरबाट आधारभूत तथा दक्ष प्राविधिक सिप विकास गर्ने काम भइरहेको छ। सिप्रदी ट्रेनिङ सेन्टरमा मेकानिकल, इलेक्ट्रिकल, नलेज, मेट्रोलोजी, लाइबे्ररीलगायत सेवा क्षेत्र छन्। ती क्षेत्रमार्फत तालिमका सहभागीहरूले कम्पनीको उत्पादन तथा त्यसमा आइपर्ने समस्या समाधान गर्ने तौर तरिकाबारे जानकारी लिन सक्नेछन्।
भर्चुअल ड्राइभिङ सेन्टर
ट्रेनिङ सेन्टरभित्रै भर्चुअल ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छ। कम्पनीले गाडी चालकका लागि भर्चुअल ड्राइभिङ सेन्टरमार्फत तालिम प्रदान गर्दै आएको छ। चालकले भर्चुअल ड्राइभिङ सिमुलेटरमा बसेर विभिन्न मोडमा गाडी चलाउन सक्छन्। सिमुलेटरमा रहेको कम्प्युटरलाई आदेश दिएर चालकले वर्षात, पहाडको भिरालो बाटो, ट्राफिक, राजमार्गमा सवारी चलाउने क्षमता जाँच्न सक्छन्। सिमुलेटरजडित कम्प्युटर प्रणालीले चालकको गतिविधिबारे लेखाजोखा गरिरहेको हुन्छ।
चालकले सडक अनुरूप सवारी चलाए नचलाएको सम्पूर्ण विवरण कम्प्युटरले देखाउँछ। जसबाट चालकले आफूले सवारी नियमपूर्वक चलाए नचलाएको बारे जानकारी लिन सक्छन्। त्यसैका आधारमा चालकले सडकअनुसार कसरी गाडी चलाउने भन्ने ज्ञान लिन सक्छन्। सिमुलेटरले चालकले गाडी चलाउँदा प्रयोग गरेका उपकरण सडकअनुसार ठिक बेठिक स्पष्ट रूपमा उल्लेख गर्छ। ट्रेनिङ सेन्टरमा भर्चुअल ड्राइभिङ सेन्टरबाट नयाँ व्यक्तिले पनि गाडी सिक्न सक्छन्। कम्पनीले चालकको आवश्यकताअनुसार आधा घण्टादेखि एक घण्टासम्म सिमुलेटरबाट चालकको सीप परीक्षण गर्ने गरेको छ।
ट्रेनिङ अन ह्विल
कम्पनीले अटोमोबाइल्स क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न ट्रेनिङ अन ह्विलको पनि व्यवस्था गरेको छ। कम्पनीले ट्रेनिङ अन ह्विलमार्फत सवारी चालक र प्राविधिकलाई गाडीमै राखेर तालिम दिने गरेको छ। प्रविधिको विकाससँगै नयाँ÷नयाँ गाडी भित्रिने क्रम जारी छ। चालक तथा प्राविधिकलाई बजारमा भित्रिएका गाडीसँग अभ्यस्त गराउन कम्पनीले ट्रेनिङ अन ह्विलको प्रबन्ध मिलाएको हो। बजारमा भित्रिएका गाडीको पार्टपुर्जाबारे सबै व्यक्ति परिचित छन् भन्ने छैन। त्यसका लागि प्रविधिसँग अभ्यस्त हुन आवश्यक हुन्छ।
चालकहरू प्रविधिसँग अभ्यस्त नभए सानो समस्या आउँदा पनि प्राविधिककै भर पर्नु पर्ने अवस्था हुन्छ। त्यस्ता समस्याबाट छुटकारा पाउन चालकलाई गाडीमा प्रयोग हुने पार्ट्सबारे सामान्य जानकारी हुनु आवश्यक छ। लोकल वर्कसपका प्राविधिक आधुनिक गाडीमा देखिएको समस्याबारे अनविज्ञ हुन सक्छन्। कम्पनीले विगत दुई वर्षदेखि ट्रेनिङ अन ह्विल सञ्चालन गर्दै आएको छ। स्थानीय वर्कसपमा रहने प्राविधिकको आवश्यकतालाई बुझेर कम्पनीले समय÷समयमा हप्ता दश दिनका लागि रिफ्रेसर तालिम सञ्चालन गर्दै आएको छ।
सुरक्षा निकायको पनि तालिम
कम्पनीले विभिन्न समयमा सुरक्षा निकायलाई पनि अटोमोबाइल्ससम्बन्धी तालिम दिने गरेको छ। नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्ना चालक र प्राविधिकलाई सिप्रदी ट्रेनिङ सेन्टरमा तालिमका लागि सहभागी गराउने गरेको छ। कम्पनीले सुरक्षा निकाएको आवश्यताअनुसार तालिमका कोर्स पनि निर्माण गरेको छ। विशेष गरी मिसनका लागि विदेश जाने र नयाँ चालक बन्ने सुरमा रहेकाहरू तालिम लिन आउने गरेका छन्। सुरक्षा निकायले सवारीका लागि टाटाका गाडी पनि प्रयोग गर्दै आएका छन्। ती गाडीमा आउने समस्याबारे जानकारी लिन ट्रेनिङ सेन्टरले तालिम दिने गरेको छ। कम्पनीले २७ सय ८० जना सुरक्षाकर्मीलाई तालिममा सहभागी गराइसकेको जानकारी दिएको छ।
ट्रेनिङ स्कुल खोल्ने तयारी
अटोमोबाइल्स क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न कम्पनीले ट्रेनिङ स्कुल खोल्ने तयारी गरिएको प्रवक्ताले जानकारी दिए। समग्र अटोमोबाइल्स क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको जनाउँदै कम्पनीले त्यही अनुरूप ट्रेनिङ स्कुल खोलेरै बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको उल्लेख गर्यो । ट्रेनिङ स्कुल सञ्चालन गर्न कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ ।
कम्पनीको ट्रेनिङ सेन्टरले सीटीईभीटीबाट अनुमति प्राप्त कलेजका विद्यार्थीलाई तालिम दिने गरेको छ। साथै राष्ट्रिय सिप परीक्षण समितिले प्राविधिकहरूको दक्षता पनि कम्पनीकै ट्रेनिङ सेन्टरबाट जाँच्ने गरेको छ।
टेक्निकल एसिस्टेन्ट
कम्पनीले चालक तथा स्थानीय प्राविधिकलाई टेक्निकल एसिस्टेन्ट पनि उपलब्ध गराउँदै आएको छ। कम्पनीले टेक्निकल एसिस्टेन्ट सेवा प्रदान गर्दै आएको छ। उनीहरूका आधारमा कम्पनीले उक्त समस्या सुल्झाउन टेक्निकल सहयोग गरिरहेको छ। यस्तो सेवाबाट केही हदसम्म कम्पनीले गाडीमा देखा पर्ने समस्या समाधन गरिरहेको छ। सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले आगामी दिनमा टोल फ्री नम्बरबाट सुविधा दिने योजना अघि बढाइरहेको छ। टोल फ्री सेवा सञ्चालनसँगै सबै व्यक्तिको पहुँचमा टेक्निकल एसिस्टेन्ट सुविधा पुग्ने कम्पनीको अपेक्षा छ।