सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
![सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?](https://annapurnapost.prixacdn.net/media/albums/sun-gold_h723wuPqWB_ONWhy8is0g.jpg)
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ८ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ।
बिहीबार प्रतितोला सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। प्रतितोला चाँदीको मूल्य १ हजार ८४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला चाँदी १ हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)