उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह
सुन्नुहोस्

काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह र देशका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद सुरु भएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री शाहले आज यो विशेष छलफल सुरु गरेका हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उच्चस्तरीय संवाद साढे ११ बजेदेखि सुरु भएको हो।

बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रबीचको सहकार्यका विषयमा गहन छलफल हुने जनाइएको छ।

छलफलमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा। घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.