रुपन्देहीमा राष्ट्रिय गानबाट सुरु हुन्छ कार्यालयको काम

रुपन्देहीमा राष्ट्रिय गानबाट सुरु हुन्छ कार्यालयको काम

भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गरेको छ। कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो।

कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।कार्यालयमा राष्ट्र गान सुरु भएपछि प्रमुख जिल्ला अधिकारीसहित अन्य कर्मचारी र सेवाग्राही राष्ट्र गानमा सहभागी भएर मात्र आ-आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन्।

उनले हाललाई बिहान दश बजे कर्मचारीको सहायताबाट राष्ट्र गान बजाइने गरेको केही दिनपछि अटोमेटिक रुपमा राष्ट्रिय गान बज्ने गरी कार्य भइरहेको बताए।'राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ, प्रमुख जिल्ला अधिकारी रानाले भने।

नेपाली राष्ट्रिय गानले राष्ट्रिय एकता र सेवा प्रवाहमा पनि सुधार ल्याउने उनले बताए।साहित्यकार विजयसागर श्रेष्ठले जिल्ला प्रशासन कार्यालयले गरेको कार्य स्वागतयोग्य रहेको बताए।

उनले विगतभन्दा कर्मचारी अहिले राजनीतिक पार्टीको झन्डा मुनी बसेर सेवाग्राहीलाई विभेद गर्दा राष्ट्रिय गानले उनीहरुमा राष्ट्रप्रति भाव बढाउनुका साथै राष्ट्रियताप्रति जिम्मेवार एवं सेवाग्राहीप्रतिको विभेद हटाउनमा सहयोग पुग्ने बताए।

 कार्यालयमा टेलिभिजन हेर्दै सेवाग्राही। तस्बिर : अन्नपूर्ण

अहिले अधिकांश कर्मचारी राजनीतिक पार्टीको झोले भए उनीहरु पार्टीप्रति लालयित भएर सेवाग्राहीलाई गर्ने विभेद राष्ट्र गानले हट्न सक्छ किनभने राष्ट्रिय गानको पहिलो श्लोकमै 'सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली' रहेको छ।

सेवाग्राहीलाई सुविधा

त्यस्तै जिल्ला प्रशसान कार्यालय रुपन्देहीले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सेवा सुविधा बढाएको छ।सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सेवाग्राहीका लागि प्रतिक्षालय कक्षमा टेलिभिजन, फ्रि वाइफाई, चिसो पानी, पंखालगायतको व्यवस्था गरिएको प्रजिअ रानाले बताए।

उनले कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको काम तीव्र गतिमा हुने गरेपनि उनीहरुलाई प्रतिक्षा गरेको महसुस हुन नदिनका लागि टेलिभिजन, फ्री वाइफाईलगायतको व्यवस्था गरिएको बताए। 

सेवाग्राही नागरिकता बनाउनका लागि बिहान नै कार्यालयमा आउँछन् ,नागरिकता प्राप्त गर्न लामो समयसम्म प्रतिक्षा गर्नुपर्नेहुन्छ।'सेवाग्राहीले प्रतिक्षा गरेको महसुस हुन नदिनका लागि टेलिभिन, फ्रि वाइफाइलगायतको व्यवस्था गरेका हौँ, प्रजिअ रानाले भने,' आफ्नो नम्बर आएपछि सहजै उनीहरु सेवा लिएर घर जान सक्छन्।'

त्यस्तै प्रचण्ड गर्मीमा कार्यालयमा सेवाग्राहीको चाप बढेपछि पनि गर्मीबाट केही राहत पाउन चिसो पानी र पंखाको व्यवस्था समेत गरिएको कार्यालयका स्टोर प्रमुख नासु यज्ञराज पोख्रेलले बताए।

विगतमा सुविधा नहुँदा सेवाग्राहीलाई प्रतिक्षा गर्न अप्ठ्यारो हुनेगरेको भएपनि अहिले उनीहरु आनन्दले सेवा लिएर जाने गरेको उनले बताए।नयाँ प्रमुखको रुपमा उदयबहादुर राना आएपछि कार्यालयको सेवादेखि लिएर धेरै विषयमा परिर्वतन आएको सेवाग्राहीहरु बताउँछन्।

रुपन्देहीको नागरिकताको प्रतिलिप लिन तिलोत्तमा नगरपालिका ११ बाट कार्यालयमा आएकी सिर्जना गौतमले कार्यालयले सेवाग्राहीको लागि व्यवस्था गरेको सुविधा निकै प्रशंसनीय रहेको बताइन् ।

पहिला कागजपत्र बुझाएर त्यत्तिकै बस्नुपर्थ्यो, समय कटाउन पनि धौ धौ हुन्थ्‍यो, उनले भनिन् ,'अहिले कार्यालयले सेवा सुविधा बढाएका कारण समय बितेको पत्तो पाइँन।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.