हतियारसहित एक पक्राउ
सर्लाही : सर्लाहीमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छ्न्। बागमती नगरपालिका – २ सुकुम्बासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलान बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
बरहथवा नगरपालिका – १२ लौकट गाउँबाट उनलाई एकनाले भरूवा बन्दुक १ थान, करिब १ सय ग्राम बारूद र फलामको छर्रा ८० थानसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा घलानलाई हातहतियारसहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !