डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७, खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो। तीमध्ये उपचारकै क्रममा दुई जनाको मृत्यु भएको हो भने बाँकी तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। मृतक र घाइतेहरूको पहिचान खुलाउनुका साथै घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.