फिफा विश्वकप २०२६

एम्बाप्पे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता

एम्बाप्पे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता

काठमाडौं  : फ्रान्सका कप्तान केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा नयाँ रेकर्ड कायम गरेका छन्। उनले इङ्ल्यान्डविरुद्ध भएको तेस्रो स्थानको खेलमा २ गोल गर्दै  विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बनाएका हुन्।

खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले जारी विश्वकपमा नवौँ गोल पूरा गरेका थिए। यो गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ विश्वकप गोलको रेकर्ड बराबरी गरे।

खेलको ६६ औँ मिनेटमा एम्बाप्पेले पुनः अर्को उत्कृष्ट गोल गर्दै जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्‍याए। यो गोलसँगै उनले मेस्सीको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा कुल २२ गोलको नयाँ ऐतिहासिक रेकर्ड आफ्नो नाममा लेखेका छन्।

जारी विश्वकपमा १० गोल गरिसकेका एम्बाप्पे अहिले गोल्डेन बुटको दाबेदारीमा सबैभन्दा बलियो स्थानमा छन्। यद्यपि, उनलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पछ्याइरहेका छन्। भोलि हुने फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले स्पेनसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.