यू१९ वुमन्स प्रिमियर कप: यूएईसँग पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो

यू१९ वुमन्स प्रिमियर कप: यूएईसँग पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं : एसीसी यू १९ वुमन्स प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको छ। शुक्रबार वायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो।

निर्धारित २० ओभरमा दुवै टोलीले १०० रन मात्रै बनाउँदा खेल सुपर ओभरमा तानिएको थियो। सुपर ओभरमा नेपालले ६ रन मात्रै बनाउँदा यूएईले लक्ष्य ३ बलमा नै पूरा गरेको हो। यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १०० रन बनाउँदै अल आउट भएको हो। नेपालको लागि अनु कडायतले सर्वाधिक २० रन बनाइन्। साना प्रवीण र एलिसा यादवले समान १७/१७ रन बनाए। यूएईका लागि बलिङतर्फ वैष्णवी माहेशले ३ विकेट लिइन्। साइ निखिलले २ र मेहक ठाकुर र जननी थिरुकुमारनले १/१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको यूएई १९.५ ओभरमा १०० रन बनाउँदै अलआउट भएको हो। यूएईको लागि मेहुल कुलकर्नीले सर्वाधिक ३० रन बनाइन्। ओपनर लावन्या केनीले २५ रन बनाउँदा नेहा कुमारी १९ रनमा अविजित रहिन्। त्यसबाहेक अन्य ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन।

यूएईलाई सस्तैमा रोक्न नेपालका बलरद्वय रिया शर्मा र अनु कडायतले ३/३ विकेट लिए। कप्तान सोनी पाख्रिनले २ र मनिषा उपाध्यायले १ विकेट लिइन्। यूएईले अब उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ। नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ। दुवै खेल भोलि हुनेछन्। नेपाल यसअघि नै एसिया कपमा भने छनोट भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.