प्रेमिकाको अन्तै मगनी भएपछि अन्तिमपल्ट भेट्न बोलाएर हत्या

प्रेमिकाको अन्तै मगनी भएपछि अन्तिमपल्ट भेट्न बोलाएर हत्या
सुन्नुहोस्

भारत : भारत महाराष्ट्रको नासिकमा एक युवकको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । यहाँ एक युवकले आफ्नी पूर्व प्रेमिकाको इन्गेजमेन्ट भएकोमा रिसाएर उनको हत्या गरेका छन् । हत्या भइरहेका बेला युवतीका नव दुलहा फोनमै थिए ।  हत्याराले उनलाई भने, ‘वैशू इज फिनिस्ड’ (वैशू सकिइन्)। त्यसपछि घटना प्रहरीसम्म पुग्यो र प्रहरीले आरोपीको खोजी सुरु गर्‍यो । तर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा आरोपीको शव पनि झुण्डिएको अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार यो घटना शुक्रबार रातिको हो । आरोपी साहिलले अन्तिम पटक भेट्ने बहानामा मृतक युवतीलाई बोलाएका थिए । सबै कुरा समाप्त गर्ने उद्देश्यले युवती उनीसँग भेट्न गएकी थिइन् । तर जानुअघि उनले आफ्ना नव दुलहालाई फोन गरेर साहिल भेट्न आउँदै गरेको जानकारी दिएकी थिइन् र आफूलाई भेट्न आउन पनि भनेकी थिइन् । नव दुलाहा पनि आफ्नो काम छाडेर उनलाई भेट्न निस्किएका थिए ।

प्रहरी अधिकारीका अनुसार वनसम्पदा गार्डन क्षेत्रमा आरोपी र युवतीको भेट भयो । त्यहाँ उनीहरूबीच करिब ३० मिनेटसम्म विवाद भएको थियो । यो अवधिभर युवतीका मंगेतर लगातार फोनमा जोडिएका थि ए। अन्ततः रिसको आवेगमा साहिलले धारिलो चक्कुले युवतीमाथि पटक–पटक प्रहार गरे र उनको घाँटी रेटिदिए । त्यसपछि युवती घटनास्थलमै ढलेर उनको मृत्यु भयो ।

घटनास्थलबाट भाग्नुअघि आरोपीले फोनमा रहेका हुनेवाला दुलाहालाई युवतीको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘वैशू इज फिनिस्ड ।’ यति भनेपछि उनी त्यहाँबाट भागे । प्रहरीले जानकारी पाएपछि घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्‍यो र आरोपीको खोजी थाल्यो । तर केही समयपछि घटनास्थलबाट करिब दुई किलोमिटर टाढा साहिलको शव पनि झुण्डिएको अवस्थामा फेला पर्‍यो ।

प्रहरीका अनुसार युवतीलाई साहिलको रिस र आक्रोशबारे जानकारी थियो । त्यसैले उनले आफूले विवाह गर्न लागेको कुरा साहिललाई बताएकी थिइनन्। अहिले प्रहरीले साहिललाई युवतीको विवाह हुन लागेको जानकारी कसले दिएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.